प्रतिबन्धित विप्लव समूहका अर्थ विभाग प्रमुख पक्राउ

डिसी नेपाल
७ मंसिर २०७७ १०:१०
116
Shares

काठमाडौं। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय अर्थ विभागका प्रमुख एवम् पोलिटव्युरो सदस्य प्रेम दर्नाल (विकल्प) सहित दुई नेताहरुलाई प्रक्राउ गरेको छ।

काठमाडौको नख्खुस्थित एक घरमा बैठक बसिरहेको बेला उनीहरुलाई नेपाल प्रहरीको विशेष व्यूरोले पक्राउ गरेको हो। उनीहरुलाई पक्राउ गरेको विषयलाई प्रहरीले केही बताउन चाहेको छैन।

प्रहरी उच्च स्रोतका अनुसार अर्थ विभागका प्रमुख दर्नाल र अर्थ विभाग सदस्य सन्जीव नेपाली (सुवर्ण)लाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

व्यापारीहरुबाट चन्दा संकलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले दावी गरेको छ। अर्थ विभाग प्रमुखसहित दुई नेतालाई पक्राउ गरेको विषयमा विप्लव समूहका नेता एवं प्रवक्ता खड्गबहादुर विश्वकर्माले पुष्टि गरेका छन्।

उनले पार्टीको केन्द्रीय आर्थिक नीति र योजनाअन्तर्गत आर्थिक कार्यमा क्रियाशील उनीहरुलाई जबर्जस्ती चन्दा असुली र धम्कीको मिथ्या अभियोग लगाइएको दाबी गरेका छन्। उनीहरूको गिरफ्तारीले राजनीतिक स्वतन्त्रता र मानवअधिकारको घोर उल्लङ्घन भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *