नेकपाको कुनै गुटसँग मिलेर सरकारमा नजाने काँग्रेसको भनाई

डिसी नेपाल
७ मंसिर २०७७ १७:१७
308
Shares

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला काँग्रेस सभापती शेरबहादलुर देउवा र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको खबर बाहिर आएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस नेकपाको विवादमा निरपेक्ष रहेको बताएका छन्।

उनले आइतबार ट्वीट गर्दै नेकपाको विवादमा काँग्रेस नेताहरुको शिर गन्ने धृष्टता नगर्नसमेत चेतावनी दिएका छन्। उनले काँग्रेस नेकपाको कुनै गुटसँग मिलेर सरकारमा नचानेसमेत बताएका छन्। उनले काँग्रेसलाई जनता पाँच वर्ष विपक्षमा बस्न जनादेश दिएको भन्दै त्यसमा काँग्रेस अडिग रहने बताएका छन्।

उनले भनेका छन्, ‘भ्रम कोहि कसैलाई केही छ भने ५ बर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई, अत कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौं, नेकपाको द्वन्द्वसंग विलकुल निरपेक्ष छौं, अत यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहिबाट नहोस्, सजग गराउंदछौं। जय नेपाल।’

सत्तारुढ नेकपा विभाजन हुँदा कुनै गुटलाई काग्रेसको समर्थन रहने चर्चा हुँदै आएको बेला प्रवक्ता शर्माको यो भनाई आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *