आशीरमान र सिल्पा अभिनित भुल सार्वजनिक [भिडियो ]
काठमाडौं । आशिरमान देश राज जोशी ,सिल्पा मास्के र अजय गुरुङ अभिनित ‘भुल’ नामक म्युजिक भिडियो एट के एभरेस्ट मोसन पिक्चर मार्फत सार्वजनिक भएको छ ।
गित एकदमै मर्म स्पर्शी बनेको साथै उत्कृष्ट बनेकोमा कुनै दुई मत नै छैन । सो गितले सबैको मन जित्ने पक्का छ । भिडियोम प्रेम , बिछोड , रोदन , हासो सबै समेटियको छ । छायांकन र इडिटिङ को पक्ष पनि अब्बल बनेको हेर्न सकिन्छ ।
उक्त गितमा स्वर पर्बिन दियाल ले भरेका छन भने उनको नै शब्द संगीत रहेको छ । गितमा एरेन्ज भने रिकेस गुरुङ ‘कि’ को रहेछ को छ । छायांकन ,इडिटिङ साथै कलरको जिम्मा उज्जोल जोशीले निभाएका छन् । भिडियो हेर्दा उनको तारिफ खुलेर गर्न सकिन्छ ।
भिडियोलाई अब्ब्ल बनाउनका निम्ति डिरेक्टर बिबेक रसाइलीको मेहनत पनि पुरै भिडियो मा हेर्न सकिन्छ । उनले भिडियो सुन्दर बनाउनका लागि कलाकारमा देखिनुपर्न गुण भिडियो उत्कृष्ट बनाउनका लागि चाहिने मसला हरु भर पुर दिएका छन् । यश अर्थमा सो गित सबै पक्क्ष बाट राम्रो बनेको छ ।
Facebook Comment