अमेरिकन पेस्तोलसहित चन्द समूहका सेक्सन कमान्डर मोरङबाट पक्राउ

डिसी नेपाल
७ मंसिर २०७७ २२:५५

मोरङ । नेत्रविक्रम चन्द समूहका सेक्सन कमान्डर पेम्बा साङ्गे शेर्पा पक्राउ परेका छन् ।

प्राप्त विशेष सूचनाका आधारमा ताप्लेजुङ फाक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय शेर्पालाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले आज जनाएको छ ।

शेर्पालाई उर्लाबारी–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा बसेको अवस्थामा पक्राउ गरेको हो ।

शेर्पाको साथबाट अमेरिकन पेस्तोल, त्यसमा लगाउने म्याग्जिन, तीन थान गोली, तीन थान मोबाइल, आठ थान ब्याग र १८ थान ज्याकेटलगायत सामग्री बरामद गरेको सूचना अधिकृत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

शेर्पालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *