तुल्सीपुरमा आयल निगमले इन्धन भण्डारण गर्ने
काठमाडौं। नेपाल आयल निगमले लुम्बीनी प्रदेशको दाङ तुल्सीपुरमामा इन्धन भण्डारण गर्ने भएको छ। इन्धन भण्डारणका लागि संरचना बनाउन निगमले जग्गाको टुंगोसमेत लगाएको छ।
सोमबार तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे , नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल , स्थानीय जनप्रतिनिधीहरु लगायतको टोलीले तुल्सीपुर उपमहानगरपालिकाकास्थित टरीगाँउमा जग्गा टुंगो लगाएको हो।
यस्तै दाङ विमानस्थलका लागि हवाई ईन्धन डिपो स्थापनाका लागि आवस्यक पर्ने जग्गा विमानस्थलको मुल गेटको दक्षिणतर्फ स्थापना गर्ने टुंगो लगाइएको छ। ।
निगमको संरचना पूर्णरुपमा आइसोलेट र उच्चतम सुरक्षा प्रबन्ध गर्नुपर्ने भएकाले उक्त स्थानमा आवस्यक संरचना निर्माणमा तुल्सीपुर उपमहानगरपालिकाले सहयोग गर्ने भएको छ।
यस डिपोले लुम्बीनी प्रदेशका जिल्लाहरु रुकुम(पूर्व), रोल्पा, दाङ, सल्यान, प्युठान लगायतका जिल्लाहरुमा सहज पहुँच पुग्ने निगमले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment