कोरोना संक्रमणबाट सशस्त्रका इन्स्पेक्टर बूढाथोकीको निधन

डिसी नेपाल
९ मंसिर २०७७ १०:०२
1.1k
Shares

काठमाडौं। कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक नवीन बूढाथोकीको निधन भएको छ। विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति १०ः३० बजे उनको निधन भएको हो।

सिस. ९ को अन्र्तगत २०६७ चैत २८ गते सशस्त्र प्रहरीमा भर्ना भएका थिए। तेह्रथुम स्थायी घर भएका बूढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए।

कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको पारिवारिक स्रोतले जनाएको छ। एक हप्तादेखि अस्पतालमा उपचाररत रहेका बूढाथोकीलाई दुई दिन अघिबाट निकै गाह्रो भएको थियो। उनी कोरोना संक्रमण नियन्त्रणकै क्रममा खटिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *