नेकपा विवादः प्रदीप ज्ञवालीसहितको टिम ओलीलाई ‘जवाफी प्रस्ताव’ लेखनमा सघाउँदै

खेमराज थापा
९ मंसिर २०७७ १९:०८

काठमाडौं। सत्तारुढ दल नेकपामा चर्किरहेको विवाद यही मंसिर १३ गतेपछि नयाँ मोडमा जाने देखिएको छ। १३ गतेको सचिवलाय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तवको जवाफमा आफ्नो राजनीतिक प्रस्ताव पेश गर्दै छन्।

मंसिर ३ गतेको बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीमाथि केन्द्रित गरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्तावको प्रतिउत्तरमा आफूले पनि लिखित प्रस्ताव ल्याउने बताएपछि ओलीले १० दिनको समय पाए। यो दश दिनको समयमा विवाद समाधानका लागि ठोस पहल हुने र १३ गते अगावै कुनै सहमति बन्ने अनुमान नेताहरुको भए पनि मंगलबारसम्मको अवस्था भने सकरात्मक छैन।

यो १० दिन मध्ये मंगलबारसम्म ६ दिन बितिसकेको छ। अब ४ दिन बाँकी छ। यो ६ दिनमा नेकपाको विवाद समाधान भन्दा पनि झन चर्काउने गरी गतिविधि भएपछि १३ गतेको बैठकमा ओलीले ल्याउने प्रस्ताव कस्तो हुन्छ ? भन्ने चासो बढेको छ।

प्रधानमन्त्री ओलीले ल्याउने जवाफी प्रस्तावपछि नेकपाको विवादले नयाँ मोड लिने नेकपाका नेताहरु बताउँछन्। स्थायी कमिटी सदस्य गणश शाहले मंगलबारसम्मको अवस्था हेर्दा कुनै सकरात्मक घटनक्रम विकास भएको मान्न नसकिने बताए। उनले दुबै अध्यक्ष आ आफ्नो तयारीमा बलियो गरी उभिएको भन्दै १३ गतेको प्रतिक्षामा रहेको बताए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई राजनीतिक प्रस्ताव लेखनका लागि परराष्ट्रमन्त्री तथा स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार तथा स्थायी कमिटी सदस्य विष्णु रिमाललले सघाइरहेका छन्। मन्त्री ज्ञवालीको संयोजनमा प्रस्ताव लेखनको कार्य भइरहेको बालुवाटार निकट स्रोतले बताएको छ।

बालुवाटार प्रस्ताव लेखनमा व्यस्थ रहेका बेला खुमलटारले भने कात्तिक २८ गते सचिवलाय बैठकमा पेश गरेको दस्तावेजहरु समेटर पुस्तिका बनाउँदै तल्लो तहका कार्यकर्ताहरुसम्मलाई वितरण गरेको छ। बालुवाटार जवाफी प्रस्ताव लेखन र खुमलटार प्रस्ताव वितरणमा सक्रिय बनेपछि आगामी १३ गते दुई पक्षबीच सहज रुपमा बैठक नहुने अवस्था बन्दै गएको छ।

स्थायी कमिटी सदस्य बेदुराम भुसाल १३ गतेको सचिवलाय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ल्याउने राजनीतिक प्रस्तावपछिमात्र नेकपाको विवाद कसरी अगाडि बढ्छ भन्न सकिने अवस्था आउने बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘उहाँ (ओली)ले समस्या समाधान गर्नेगरी प्रस्ताव ल्याउनु भयो भने पार्टी त्यसरी नै अगाडि बढ्छ, होइन विवादको समाधान ल्याउनु भएन भने बैठकले कुनै टुंगो लगाउला। त्यसैले अहिले नै यस्तै हुन्छ भन्न सकिने अवस्था बनेको छैन।’

नेता भुसालले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव वितरणलाई गलत रुपमा बुझ्न नहुने बताए। उनले भने, ‘जुन दिन यो दस्तावेजहरु सचिवालयमा पेश भए त्यहि दिन सार्वजनिक भइसकेका थिए। त्यसैले यो अहिले पुस्तिका बनाएर वितरण गर्नुलाई कुनै आश्चार्य मान्नुपर्ने कारण छैन। अर्को कुरा पारदर्शीताका लागि पनि यो आवश्यक थियो।’

स्थायी कमिटी सदस्य गणेश शाहले अहिले पार्टी नै विभाजन हुने अवस्था नआएपछि संघर्ष भने जारी रहने संकेत रहेको बताउँछन्। उनले डिसी नेपालसँग भने, ‘दुबै अध्यक्षको स्कूल अफ थट फरक फरक हो। त्यसैले यो त्यसको पनि लडाईँ हो। पहिला सुसुप्त अवस्थामा रहेको यो लडाईँ अहिले सार्वजनिक रुपमा देखिएकोमात्र हो।’
बालुवाटार निकट स्रोतका अनुसार ओलीको जवाफी प्रस्ताव लेखनमा ओली निकटका नेताहरु भने एकमत नरहेको बताइएको छ। एक पक्ष कडा जवाफ दिनुपर्ने र अर्को पक्ष नरम भएर प्रस्तुत हुनुपर्ने लाइनम रहेको बताइएको छ। तर, आफ्नो प्रस्तावमा प्रचण्डले ओलीमाथि निकै प्रहार गरेकाले ओलीको प्रस्ताव पनि कडा खण्डनसहितको आउने अपेक्षा गरिएको छ।

सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत बुँदा बुँदामा आरोपहरुको अण्डन गरिने बताएकाले पनि ओलीको प्रस्ताव आक्रामक नै हुने अनुमानलाई बल मिलेको छ। त्यसो त मंसिर ३ को बैठममा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावलाई खारेज गर्दै आफूमाथि निर्मंम प्रहार गरिएको बताएका थिए। उनले त्यसको उचित जवाफ दिनेसमेत बताएका थिए।

नेकपामा विवाद चर्किरहेका बेला बहसमा आएको अर्को विषय हो नेतृत्वको पुस्ताहस्तान्तरण। अध्यक्ष तथा ओलीले टेलिभिजन अन्तवार्तामा आफू पद छोड्न तयार रहेको र अरु पनि तयार हुनुपर्ने भन्दै पुस्ताहस्तान्तरणको विषय उठाएका थिए। त्यसपछि नेकपा भित्र यो विषयमासमेत बहस भइरहेको छ। मंसिर ३ को सचिवालय बैठकमा महासचिब विष्णु पौडेलले सचिवलायका सबै पदाधिकारीले राजीनामा दिने र नयाँ शिराबाट नेतृत्व चयन गर्ने प्रस्ताव गरेको सार्वजनिक भयो। त्यसले पनि पुस्ताहस्तान्तरणको बहसलाई बढाएको छ।

तर, नेता भुसाल भने यो पस्ताहस्तान्तरणको बहस निरर्थक रहेको बताउँछन्। उनले नेतृत्व नीति र विचारका आधारमा हुने भन्दै यो युवा, पुस्ताहस्तान्तरणको कुरा लोकप्रियतावादीले उठाउने गरेको बताए। उनले कसलाई युवा भन्ने, कुन पुस्ता भन्ने यो अमुर्त कुरा गर्नुको कुनै अर्थ नभएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *