यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक बालबालिकाको अधिकारबारे अभिमुखीकरण

डिसी नेपाल
९ मंसिर २०७७ २२:५७

काठमाडौँ । बाल अधिकारमा यौनिक तथा लौङ्गिक अल्पसङ्ख्यक बालबालिकाको समावेशीकरण, बालमैत्री अवधारणा र वकालतबारे सातै प्रदेशस्तरमा भर्चुअल अभिमुखीकरण गरिएको छ ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चले सेभ द चिल्ड्रेनको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको संयोजनमा ती प्रदेशका विकासका साझेदार संस्था, नागरिक संस्था जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बाल अधिकार क्षेत्रका विज्ञ तारक धिताल, नीलहीरा समाजकी भूमिका श्रेष्ठ र मञ्चका संयोजक तिलोत्तम पौडेलले बालमैत्री स्थानीय शासनसँग सम्बन्धित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्ययक बालबालिकाको सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वकालतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

उनीहरुले स्थानीय सरकारको नेतृत्वसहित बालबालिकाको अधिकार प्रभावकारी तथा दीर्घकालीनरुपमा स्थापित गर्न जोड दिएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *