पेन्सिल्भेनिया र नभडामा बाइडेनले जितेको औपचारिक घोषणा

डिसी नेपाल
१० मंसिर २०७७ ०:२६

वाशिंगटन (एजेन्सी)। यही नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा अमेरिकाको पेन्सिल्भेनिया र नभडा राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विजयी भएको मंगलबार औपचारिक घोषणा गरिएको छ।

राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले यी दुई राज्यमा धाँधी भएको बताउँदै आएका थिए। र उनले यी दुई राज्यमा चुनावी नतिजा उल्ट्याउने प्रयास गरेका थिए। त्यसैले मतगणना सकिएको लामो समय बितिसक्दा पनि यी दुई राज्यका गभर्नरले चुनावी नतिजा प्रमाणीकरण गरेका थिएनन्। तर, ट्रम्पले लगाएको धाँधलीमा अदालतमा कुनै प्रमाण पेश नभएपछि उनको दावी खारेज गरिएसँगै गभर्नरले बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसले जित हात पारेको प्रमाणीकरण गरेका छन्।

पेन्जिल्भेनियामा बाइडेन ८१ हजार मतान्तरले नभडामा ३३ हजार मतान्तरले विजयी भएको प्रमाणीकरण गरिएको अमेरिकी सञ्चार माध्यम सीएनएनले जनाएको छ। बाइेडले ५३८ मध्ये ३०२ र डोनाल्ड ट्रम्पले २३६ इलेक्टोरल कलेज जितेका छन्। १४ डिसेम्बरमा इलेक्टोरल कलेजले अब बाइडेनलाई अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित गर्नेछन्। बाइडेनले आगामी वर्षको जनवरी २० मा पदभारग्रहण गर्नेछन्।

चुनावी परिणाम ट्रम्पले अस्वीकार गरेपछि बाइडेनको सत्तारोहणमा समस्या उत्पन्न भएको छ। तर, बाइडेनले आफ्नो मन्त्रिपरिषद् घोषणा गर्ने तयारी गरेका छन्। उनले विदेशमन्त्री, रक्षामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहाकार तथा गुप्तचर विभागको निर्देशक तथा जलवायु परिवर्तन सम्बन्धी प्रतिनिधिको नाम मनोनय गर्ने तयारी गरिसकेका छन्। तर, नामहरु औपचारिक रुपमा घोषणा भने भएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *