स्याटेलाइट तस्वीरमा देखियो चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्रमा चीनले गरेको निर्माण

डिसी नेपाल
१० मंसिर २०७७ ०:४८

काठमाडौं(एजेन्सी)। एक अमेरिकी स्याटेलाइट कम्पनी म्याक्सर टेक्नोलोजिजका अनुसार चीनले भारत र भुटानसहितको त्रिदेशीय सीमामा भवनहरु निर्माण गरेको तस्वीर सार्वजनिक गरेको छ। स्याटेलाइट तस्वीरमा डोक्लाम क्षेत्रमा भुटानतर्फ चीनले निर्माण गरेको देखिएको छ।

यो त्यहि क्षेत्रमा जहाँ २०१७ मा भारतीय र चिनियाँ सेना लामो समय आमनेसामने भएका थिए। डोक्लाम क्षेत्रमा चीनले निर्माण शुरु गरेपछि भारतीय सेनाले अवरोध गरेको थियो। त्यसपछि दुबै देशले सीमामा ठूलो संख्यामा सेनापरिचालन गरेका थिए भने घातक हतियार पनि तैनाथ गरेका थिए। डोक्लाम विवादले झण्डै युद्धकै अवस्था निम्त्याएको थियो।

महिनौसम्म भारतीय चिनियाँ सेना आमनेसामने भएका थिए। तर, पछि विभिन्न चरणको वार्तापछि यो विवाद समाधान भएको थियो।

तर, स्याटेलाइट तस्वीरमा फेरि चीनले भुटानतर्फ सैन्य बंकर बनाएको देखिएपछि भारत र चीनबीच फेरि विवाद बढ्ने देखिएको छ। अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार यो वर्षको अक्टूबरमा स्याटेलाइटमा लिइएको तस्वीरमा भुटानको पांगडा गाउँमा चीनले निर्माणहरु गरेको देखिएको छ। यो क्षेत्रलाई चीन र भुटानले आ आफ्नो भएको दावी गर्दै आएका छन्। सीएनएनका अनुसार भुटानी विदेशमन्त्रीले चीनले भुटानको भूमिमा कुने निर्माण नगरेको बताएका छन्।

उता चिनियाँ विदेश मन्त्रालयले भने यो विषयमा कुनै प्रतिक्रिया नदिएको सीएनएनले जनाएको छ। यस्तै भारतीय विदेश मन्त्रालयले पनि यो विषयमा तुरुन्त कुनै प्रतिक्रिया दिन नसकिने जनाएको सीएनएनले उल्लेख गरेको छ।

यो क्षेत्रमा चीन र भुटानले दावी गरे पनि यो क्षेत्र भारतका लागि निकै महत्वपूर्ण मानिन्छ। सामरिक र रणनीतिक रुपमा भारतका लागि यो क्षेत्र निकै संवेदनशिल मानिन्छ। यो क्षेत्रलाई चिनेक नेकसमेत भनिन्छ। यहाँबाट भारतको सिलगुढी करिडोर निर्माण भएको छ।

यदि यो क्षेत्रमा भारतलाई अवरोध गर्ने हो भने उसका ८ वटा उत्तरपूर्वी राज्य नयाँदिल्लीबाट अलग्गिन्छन्। र भारतका करिब ५० मिलियन जनसंख्या भारतबाट छुटिन्छन। त्यसैले पनि डोक्लाम क्षेत्र भारतका लागि रणनीतिक महत्वको क्षेत्र बनेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *