श्रीमतीको अवैध सम्बन्धले डिप्रेशनको शिकार, जुन डाक्टरकहाँ गए उही श्रीमतीको प्रेमी !

डिसी नेपाल
१० मंसिर २०७७ ११:५०

काठमाडौं। श्रीमतीको अवैध सम्बन्धका कारण तनाब बढ्दै जाँदा डिप्रेसनको शिकार भएका एक व्यक्ति उपचारको लागि जुन डाक्टरकहाँ गए त्यही डाक्टरसँग नै श्रीमतीको अवैध सम्बन्ध भएको खुलेको छ । अमेरिकाको ओरेगनका ती व्यक्तिले अहिले ती डाक्टरसँग २.९ मिलियन डलर क्षतिपूर्ति माग्दै अदालतमा मुद्दा हालिदिएका छन् । द बेन्ड बुलेटिनका अनुसार पिर्सन टोन नामका ४७ वर्षका ती व्यक्तिले डा. रोनाल्ड रोसेनविरुद्ध ‘व्यवसायिक लापरवाही’को आरोप लगाउँदै मुद्दा हालिदिएका हुन् ।

टोनका अनुसार उनी, उनकी श्रीमती र उनका दुई छोराछोरी डा. रोसेनका बिरामीहरु थिए । २०१५ देखि २०१८ सम्म उनीहरुको स्वास्थ्य जाँच डा. रोसेनले नै गर्थे । यही अवधिमा डा. रोसेनको टोनकी श्रमितीसँग अवैध सम्बन्ध सुरु भयो । श्रीमतीको अवैध सम्बन्धका कारण सम्बन्धमा समस्या आएपछि टोन डिप्रेसनको शिकार भए र नोभेम्बर २०१८ मा उपचारको लागि डा. रोसेनकहाँ नै गए । डा. रोसेनले टोनलाई गाँजा खान सिफारिस गरे र श्रमितीसँग सम्बन्ध कसरी सुमधुर बनाउने भन्ने विषयमा काउन्सिलिङको लागि समेत बोलाए ।

डाक्टरको समय लिएर घर गइसकेपछि कुराकानीको क्रममा टोनकी श्रमितीले आफ्नो ती डाक्टरसँग केही समयदेखि सम्बन्ध भएको खुलासा गरिन् । टोन र उनकी श्रमितीको सम्बन्ध झनै बिग्रियो र अन्ततः उनीहरुले २०१९ मा सम्बन्धविच्छेद गरे । रोसेनका कारण टोनले मानसिक र भावनात्मक तनावका साथै सामाजिक रुपमा समस्याको सामना गर्नुपरेको र उनको वैवाहिक सम्बन्ध समेत बिग्रिएको अदालतमा दायर गरिएको अभियोग पत्रमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *