काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजनाले गति लिँदै (फोटो फिचर)

डिसी नेपाल
१० मंसिर २०७७ १५:३४

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं तराई मधेश द्रुतमार्गले निर्माणमा गति लिएको छ । यो सँगै आयोजना समय सिमा भित्रै निर्माण सम्पन्न हुने नेपाली सेनाले जनाएको छ ।

यो आयोजनाको नेपाल सरकार मन्त्रिपरिषद्‍को मिति २०७४ बैशाख २१ गतेको निर्णय अनुसार आ.ब.०७४/७५ वाट नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी दिईएको थियो ।

करिब ७२.५ कि.मी. लामो यो आयोजना बागमती र २ नम्बर प्रदेशका चारवटा जिल्लाहरु (ललितपुर–काठमाडौं–मकवानपुर–बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रुपमा प्रस्ताव गरिएको छ ।

२०७१ भदौ १ गते नेपाल सरकारको निर्णय अनुसार यो आयोजनाको डीपीआर स्वीकृत भएको थियो ।

डीपीआर अनुसार आयोजनाको अनुमानित लागत रु १७५ अर्व रहेको यस द्रुतमार्ग आयोजना आ.व.८०/८१ मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखि निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाईएको नेपाली सेनाले जनाएको छ ।

(फोटो सौजन्य : जनसम्पर्क तथा सुचना निर्देशनालय जंगी अड्डा)

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *