एप्पलका सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप
काठमाडौं । एप्पलका सुरक्षा प्रमुखमाथि भ्रष्टाचारको आरोप लागेको छ । ग्लोबल सुरक्षा प्रमुख थोमस मोयरले हतियारको लाईसेन्स लिनको लागि करिब ७० हजार अमेरिकी डलर बराबरको आईप्याड घुसको रुपमा दिएको बीबीसीले लेखेको छ ।
सोमबार क्यालिफोर्नियाको ग्राण्ड जुरीले उक्त आरोप लगाएका हुन्। यस्तै सान्टा क्लारा काउन्टीका दुई पुलिस अधिकारीमासथ उक्त घुष लिएको आरोप लागेको छ। काउन्टी अन्डरशेरिफ रिक सुंग र शेरिफका कप्तान जेम्स जेनसनले लुकाईएको हतियारको लाईसेन्स दिलाउन थोमससँग घुस मागेका थिए ।
त्यहाँको राज्य कानुन अन्तर्गत बिना लाईसेनस लुकाइएको हतियार बोक्नु अपराध हो। सान्टा क्लारा काउन्टीका अनुसार जबसम्म थोमसले ७० हजार डलर बराबरको आईप्याड शेरिफ कार्यालयलाई दिन तयार भएका थिएनन तबसम्म सुंगले उनको अवैध हतियारको लाईसेन्स रोकेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment