श्रीलङ्काद्वारा कोरोनाविरुद्धको चिनियाँ खोपबारे छलफल

डिसी नेपाल
११ मंसिर २०७७ २२:०६

कोलम्बो(सिन्ह्वा) । श्रीलङ्काले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ ।

श्रीलङ्काली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् ।

विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलङ्कालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिएका हुन् ।

उनका अनुसार श्रीलङ्का यसअघि नै विश्वव्यापी खोप तथा सङ्क्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’ मा आवद्ध भइसकेको छ ।

साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए । सुरुमा श्रीलङ्काको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।

खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउदा साथ जतिसक्दो छिटोे आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए ।

खोप ल्याउनका लागि सरकारले विभिन्न समिति तथा उपसमितिहरू बनाएर जिम्मेवारी दिएको उनले बताए ।

श्रीलङ्कामा अहिलेसम्म २१ हजार ४६९ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *