गुल्मीमा जीप दुर्घटना, पाँच जनाकाे मृत्यु

डिसी नेपाल
१२ मंसिर २०७७ ८:५४

काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीको हुलमा जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप दुर्घटनामा परेको गुल्मी प्रहरीले जनाएको छ।

दुर्घटनाबाट इस्मा गाउँपालिका४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको छ।

साथै दुर्घटनामा परी इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीय सरस्वती दर्लामी र सहचाक २५ वर्षीय कमल हितान घाइते भएका छन्। चालक बुद्ध बस्नेत सकुशल रहेका छन्

। घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। ९ जना यात्रु बोकेर शुक्रबार बिहाना इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *