हिउँ पग्लिएपछि ६ हजार वर्ष पुराना दर्जनौं बाणहरु भेटिए

डिसी नेपाल
१२ मंसिर २०७७ १२:३५

काठमाडौं। पुरातत्वविदहरुले नर्वेमा करिब ६ हजार वर्ष पुराना दर्जनौं बाणहरु फेला पारेका छन् । नेशनल जियोग्राफिकको रिपोर्टअनुसार देशको उच्च हिमाली क्षेत्रमा करिब ६० एकड क्षेत्रफलमा फैलिएको हिउँ पग्लिएपछि हिउँमा पुरिएर रहेका यी बाणहरु बाहिर निस्किएका हुन् । यसअघि २०१४ र २०१६ मा गर्मीयाममा ल्याङफोन क्षेत्रमा गरिएका सर्वेक्षणमा पनि रेन्डियरका हड्डी र सिङहरु भेटिएका थिए । यो खोजले शिकारीहरुले जरायोको शिकार गर्न यी हिउँका क्षेत्रको प्रयोग गर्ने गरेको देखिएको छ ।

अनुसन्धानकर्ताहरुले होलोसिन जर्नलमा प्रकाशित शोधपत्रमा आफूहरुको अनुसन्धानका उपलब्धीहरुबारे बताएका छन् । अनुसन्धानकर्ताहरुको टिमले ६८ परुर्ण आकारका बाणहरु र ५ बाँणका टुप्पोहरु फेला पारेका छन् । यो विश्वका अन्य कुनै पनि जमेका क्षेत्रमा पुरातत्वविदहरुले फेला पारेको संख्याभन्दा बढी हो ।

पुरातत्वविदहरुले १५ वर्षअघि हिउँले जमेर रहेका र गर्मी याममा पग्लिने क्षेत्रहरुको अनुसन्धान सुरु गरेका हुन् । यी क्षेत्रमा हजारौं वर्ष पुराना वस्तुहरु हिउँले छोपिएर सुरक्षित रहेको पाइएका छन् । यी वस्तुहरुबाट हजारौं वर्ष पहिले शिकार गर्ने विधि र सामान ओसारपसार गर्ने विधिबारे पत्ता लगाउन सहज हुने विश्वास गरिएको छ । ल्याङफोनमा एक जना हाइकरले सन् २००६ मा ३ हजार ३ सय वर्ष पुरानो लेदरको जुत्ता फेला पारेर पुरातत्वविदलाई यसबारे बताएपछि यहाँ अनुसन्धानकर्ताहरुले अनुसन्धान थालेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *