१ सय २१ जना प्रतिपक्षी नेतामाथि देशद्रोहको मुद्दा, सुनुवाइ सुरु गरेर अर्को वर्षसम्म स्थगित

डिसी नेपाल
१२ मंसिर २०७७ १३:१४

काठमाडौं। कम्बोडियाको १ अदालतले विपक्षी दलका नेता तथा समर्थकहरु गरी १ सय जनाभन्दा धेरैमागि लागेको देशद्रोहको मुद्दामा सुनुवाइ सुरु गरी अर्को सुनुवाइ अर्को वर्षसम्मका लागि स्थगित गरेको छ । मुद्दाको सुनुवाइमा गरिएको यो ढिलाइलाई लामो समयदेखिका प्रधानमन्त्री हुन सेनले आफ्ना विपक्षीलाई निस्तेज पार्नको लागि प्रयोग गरेको रणनीतिको रुपमा व्यापक आलोचना भइरहेको छ ।

अल जजीराका अनुसार जबरजस्ती विघटन गराइएको कोलम्बिया नेशनल रेस्क्यु पार्टीका कूल १२१ सदस्यहरुलाई नोटिस जारी गर्दै बिहीबार अदालतमा उपस्थित हुन भनिएको थियो । बिहीबारको सुनुवाइमा भने ३४ जना मात्र उपस्थित भए । आरोप लागेकाहरुमध्ये कैयौं स्वतन्त्र सुनुवाइ नपाइने विश्वासका साथ देश छाडेर निर्वासित भइसकेका छन् ।

सबै प्रतिवादीहरुलाई देशद्रोह र राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाइएको छ । बचाउ पक्षका वकिल र अधिकारकर्मीका अनुसार यो अपराधमा १२ वर्षसम्मको जेल सजाय हुन सक्छ । अदालतमा उपस्थित भएकाहरुमध्ये पूर्व विपक्षी सिनेटर थाच सेठा र कोलम्बियन अमेरिकन मानव अधिकार अभियन्ता तथा वकिल थियरे सेंग पनि थिए ।

‘मैले केही गलत गरेको छैन । यो लज्जास्पद मुद्दा हो । यो राजनैतिक रंगमञ्च हो । यो राजनैतिक सर्कस हो’ सेंगले अदालतबाहिर पत्रकारहरुसँग भनिन् ‘यो लगातार मानव अधिकार उल्लंघनका विरुद्ध उठिरहेका अन्तर्राष्ट्रिय समुदायका आवाजलाई रोक्ने एकमात्र बाटो हो ।’ २ घण्टापछि न्यायाधीशले वकिलहरुले तयारीका लागि थप समय मागेपछि केसलाई दुई भागमा विभाजन गरेका छन् । अब अर्को सुनुवाइ जनवरी र मार्चमा हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *