समुद्रको नुनिलो पानीले ढाकिएको टापुमा अरबौं लिटर लुकेको ताजा पानीको भण्डार भेटियो

डिसी नेपाल
१२ मंसिर २०७७ १४:४४

काठमाडौं। चारैतिरबाट समुद्रको नुनिलो पानीले घेरिएको प्रशान्त महासागरमा रहेको अमेरिकाको हवाइ द्विपमा अरबौं लिटर ताजा पानीको भण्डार भेटिएको छ । जियोहाइड्रोलोजिस्टहरुको एक टिमले यो टापुको ज्वालामुखी माटोले नुनिलो पानीको तलको सतहबाट पानी सोस्ने र आफूभित्र ताजा पानी संग्रह गरेर राख्ने गरेको पत्ता लगाएका छन् ।

यो नयाँ अध्ययन बिहीबार जर्नल साइन्स एड्भान्सेजमा प्रकाशित भएको छ । वैज्ञानिकहरुले यो टापुमा भएको ताजा पानीको अनुमान भन्दा सतहभित्र भएको अनुमान कम भएको पाएका थिए । लगत्तै उनीहरुले करिब ४० प्रतिशत पानी कहाँ लुकेको छ भनेर खोजी गर्न सुरु गरेका थिए । यही क्रममा उनीहरुले नयाँ किसिमको इमेजिङ टेक्निक प्रयोग गरेर यो पानी पत्ता लगाएका थिए । यसक्रममा टापुको माटोको सतहभित्र चट्टानभित्र पानी भएको पाइएको थियो ।

युनिभर्सिटी अफ हवाइका अनुसन्धानकर्ता एरिक एटियासले यो प्रविधि मानिसको मस्तिस्कको एमआरआइ स्क्यान गरेजस्तै भएको बताएका छन् । अनुसन्धानकर्ताहरुको अनुमान अनुसार जमिनभित्र ९ खर्ब २० अर्ब ग्यालेन ताजा पानी छ । अब यहाँ यत्ति नै पानी छ भन्ने निश्चित गर्न चट्टानमा ड्रिलिङ गर्नुपर्नेछ । वैज्ञानिकहरु भने त्यहाँ आफूहरुले अनुमान गरेको भन्दा धेरै पानी रहेकोमा विश्वस्त छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *