सुडानका पूर्वप्रधानमन्त्री मेहदीको अन्त्येष्टि

डिसी नेपाल
१२ मंसिर २०७७ २१:३४

खार्तुम (एएफपी)। सुडानका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलका वरिष्ठ नेता सादिक अल मेहदीको अन्त्येष्टि गरिएको छ। बिहीबार निधन भएका ८४ बर्षका मेहदीको शुक्रबार अन्त्येष्टि गरिएको हो। उनलाई अन्तिम विदाई गर्न उनका हजारौँ समर्थक शुक्रबार विहानैदेखि शव राखिएको ठाउँमा पुगेका थिए।

नरमपन्थी इस्लामिक नेशनल उमा पार्टीका नेता समेत रहएका मेहदीलाई तीन हप्ता पहिले सुडानमा कोभिड सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि यूनाइटेड अरब इमिरेट्स (यूएई) पठाइएको थियो।

उनको शव यूएईबाट खर्तूम विमानमा ल्याएपछि सुडानी सैनिकहरुले विमानस्थलबाट लगेर अन्त्येष्टि गराएका थिए।

उनी सुडानमा प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचित अन्तिम प्रधानमन्त्री थिए। उनले सन् १९६६ देखि १९६७ सम्म र १९८६ देखि १९८९ सम्म प्रधानमन्त्रीको जिम्मेबारी निर्वाह गरेका थिए।

केही महिना पहिले इस्लामिक धार्मिक समूहद्वारा समर्थन रहेको सैन्य विद्रोहमार्फत पदच्युत गरिएका तत्कालिन राष्ट्रपति ओमार अल बसिरले सन् १९८९ मा मेहदीलाई वर्खास्त गरेका थिए। त्यसपछि सुडानको राजनीतिमा प्रजातान्त्रिक मूल्य र मान्यताका लागि उनले निरन्तर आवाज उठाउँदै आएका थिए।

मेहदीले बसिरको शासनकालमा एक सशक्त प्रतिपक्षी नेताका रूपमा सुडानमा प्रजातान्त्रिक राजनीतिक अभ्यासका लागि सङ्घर्ष गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *