जर्मनीमा १० लाख व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि

डिसी नेपाल
१२ मंसिर २०७७ २१:५७
32
Shares

बर्लिन (एएफपी)। जर्मनीमा शुक्रबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ।

विगत २४ घण्टामा जर्मनीमा सङ्क्रमितको सङ्ख्या २२ हजार ८०६ वृद्धि भएको हो। पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ४२६ विरामीको मृत्यु भएको र अहिलेसम्म कोभिड–१९ सङ्क्रमित १५ हजार ५८६ जनाको मृत्यु भएको हो।

जर्मनीमा सर्दी याम बढेसँगै कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि संघीय तथा राज्य सरकारले देशका विभिन्न भागमा जारी आंशिक लकडाउनलाई आगामी डिसेम्बर २० सम्म लम्बाउने घोषणा गरेका छन्।

जर्मनीले देशैभर पाँचभन्दा बढी परिवार तथा साथीहरूको जमघट नगर्न भनिएको छ। सरकारले क्रिसमसलाई मध्यनजर गर्दै जमघट हुन पाउने उक्त सङ्ख्यालाई १० पुर्याएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *