भारतको किसानको आन्दोलन चर्किँदै, विभिन्न राज्यहरुबाट किसानहरुलाई दिल्ली आउने अनुमति

डिसी नेपाल
१२ मंसिर २०७७ २३:०२

नयाँ दिल्ली (एजेन्सी)। भारतको केन्द्र सरकारले हालै ल्याएको नयाँ कृषि कानूनको विरोधमा किसानहरुले शुरु गरेको आन्दोलन चर्किँदै गएको छ। भारतका विभिन्न राज्यहरुबाट किसानहरुले ‘दिल्ली मार्च’ आन्दोलन शुरु गरेका छन्।

भारतको पञ्जाव र हरियणा राज्यबाट किसानहरु दिल्लीतर्फ लागेका छन्। दिल्ली र हरियणाको सीमामा हरियाणा सरकारले किसानलाई दिल्ली जानबाट रोक्न व्यापक प्रहरी दमन गरे पनि कामयाब भने हुन सकेको छैन।

प्रहरीले बिहीबार किसानहरुमाथि अश्रुग्यास, पानीको फोहोरा प्रहार गरेको थियो। तर पनि किसानहरु दिल्लीतर्फ बढिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छ।

यसैबी दिल्ली आम आद्मी पार्टी नेतृत्वको दिल्ली सरकारले किसानहरुको आन्दोलनलाई समर्थन दिएको छ। दिल्ली सरकारले समर्थन दिँदै किसानहरुलाई दिल्ली आउने अनुमतिसमेत दिएको दिल्लीको बुराडीस्थित निरंकारी मैदानमा किसानहरुले प्रदर्शन गर्न पाउने व्यवस्था गरिएको छ।

राजधानी राज्य दिल्लीको अधिकारमा प्रहरी नभए पनि जेल व्यवस्थापन दिल्ली सरकारले गर्छ। त्यसैले प्रहरीले दिल्ली सरकारसँग जेलका लागि अनुमति मागेको थियो। तर, अरविन्द केजरिवाल सरकारले किसान आन्दोलनको समर्थन गर्दै भाजपा नेतृत्वको केन्द्र सरकारलाई झड्का दिएको छ।

पञ्जाव र हरियणाबाट दिल्लीका लागि हिँडेका किसानहरुमाथि बिहीबार प्रहरीले दमन गरेपछि शुक्रबार अन्य राज्यहरुमा पनि किसान आन्दोलनको समर्थनमा प्रदर्शनहरु भएका छन्। सबैभन्दा उग्र प्रदर्शन उत्तर प्रदेशमा भएको जनाइएको छ।

यसैबीच हरियणाबाट दिल्लीका लागि हिँडेको किसान आन्दोलनको एक गाडी दुर्घटनामा पर्दा एक प्रदर्शनकारी किसानको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भाजपा नेतृत्वको केन्द्र सरकारले ल्याएको कृषि कानूनले कृषिबाट वास्ताविक किसानलाइृ विस्थापित गर्ने र कृषिमा कर्पोरेटको प्रवेश हुने भन्दै किसानहरु आन्दोलनमा उत्रिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *