सुनचाँदी व्यवसायीले महामारीलाई नै व्यवसाय बनाए, शिल्पकारले सुन, चाँदीका मास्क बनाउँदै

डिसी नेपाल
१३ मंसिर २०७७ १०:२२

काठमाडौं। कोरोनाभाइरसको महामारीसँगै विश्वभरी मास्क अनिवार्य वस्तु बनेको छ । विश्वभरी मास्क लगाउनु अनिवार्य भइसकेको छ । केही देशहरुले त मास्क नलगाउनेलाई कानुनी कारवाही गर्ने गरी नयाँ नियम ल्याएका छन् । भ्याक्सिन नआउँदासम्म मास्क नै सुरक्षाको एकमात्र उपाय मानिएको छ । यससँगै सुनचाँदी व्यवसायीले महामारीलाई नै आफ्नो व्यवसायमा परिणत गरेका छन् । शिल्कारले सुन चाँदीका मास्क बनाउन थालेका छन् ।

टर्कीका एक शिल्पकारले सुन चाँदीका मास्क बजारमा ल्याएका छन् । उनले मास्कलाई नै गहनाको रुपमा परिणत गरेका छन् । यी शिल्पकारले यी मास्कलाई गहनाको रुपमा समेत प्रयोग गर्न सकिने र यसले कोरोनाभाइरस संक्रमणबाट पनि बचाउने बताएका छन् । टर्कीमा अब मास्कलाई फेशन डिजाइनिङको रुप दिन थालिएको छ । शिल्पकार साबरी डेमिरसीले सुन चाँदीका मास्क बजारमा ल्याइसकेका छन् । उनले आफ्नो पसलमा यस्ता मास्क बेच्न सुरु गरिसकेका छन् ।

डेलीसबाहको रिपोर्टअनुसार ४३ वर्षका यी शिल्पकारले ३२ वर्षदेखि सुन चाँदीको काम गरिरहेका छन् । उनको आफ्नै एउटा ठूलो पसल छ । यो पसल बीचमा महामारीका कारण बन्द गर्नुपरेको थियो । हालै यो पसल फेरि खोलिएको छ । उनले अब आफ्नो पसलमा फेशनले भरपुर मास्क राख्न सुरु गरेका छन् । यतिमात्र होइन उनले सुन चाँदीका मास्क बनाउन थालेका छन् । डेमिरसीका अनुसार चाँदीमा जीवाणुरोधी गुण हुन्छ ।

महामारीका क्रममा घरमै समय बिताउनु परेका बेला उनले यो नयाँ सोच ल्याएका हुन् । उनले यस्ता मास्क बनाउनको लागि एउटा साँचौ बनाउन सुरु गरे । साँचो बनाउने काम उनले जूनमा पूरा गरे । त्यसपछि उनले त्यही साँचोबाट सुन चाँदीका मास्क बनाउन सुरु गरे । पसल बन्द भएका बेला उनले सुन चाँदीका केही मास्क बनाएका थिए । अहिले पसल पुनः खोल्न अनुमति पाएपछि उनले ती मास्कहरु पसुलबाट बेच्न थालेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *