इरानका शीर्ष परमाणु वैज्ञानिकको हत्या, ‘फादर अफ इरानियन बम’ भनेर चिनिन्थे

डिसी नेपाल
१३ मंसिर २०७७ ११:५१

काठमाडौं। इरानका शीर्ष परमाणु वैज्ञानिक मोहसिन फखरिजादेहको हत्या भएको छ । उनको राजधानी तेहरानमा हत्या भएको हो । यो घटनापछि इरान र इजरायलबीच तनाब बढेको छ । इरानका विदेश मन्त्री मोहम्मद जावेद जरिफले यो हत्या इजरायलले गराएको पुष्टि हुने प्रमाण भेटिएको बताएका छन् । उनले वैज्ञानिक फखरिजादेहको हत्याको प्रारम्भिक जानकारी प्राप्त भएको र त्यसमा वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता भएको गम्भीर प्रमाण भेटिएको बताएका छन् ।

फखरिजादेह इरानको परमाणु कार्यक्रमका पिता मानिन्थे । इरानले पछिल्लो समय विकास गरेका सबैजसो परमाणु हतियारमा फखरिजादेहको ठूलो योगदान छ । बीबीसीका अनुसार फखरिजादेशको राजधानी तेहराननतिकै सडकमा गोली हानी हत्या गरिएको हो । उनको कारमा अज्ञात समूहले गोली चलाएको र उनी घाइते भएको समाचारमा जनाइएको हो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

फखरिजादेहले २००३ मा रोकिएको इरानको गुप्त परमाणु कार्यक्रमको नेतृत्व गरिरहेका आलोप लगाइने गरेको छ । तर, इरानले भने परमाणु हतियार बनाएको कुरालाई अस्वीकार गर्दै आइरहेको छ । यसअघि गएको जनवरीमा इरानको रिभोल्युसनरी गार्डस कर्प्सका प्रमुख मेजर जनरल कासिम सुलेमानीको बगदाद विमानस्थलमा ड्रोन आक्रमण गरी हत्या गरिएको थियो । सुलेमानीको हत्याको जिम्मेवारी अमेरिकाले लिएको थियो ।

इरानी विदेश मन्त्री जरिफका अनुसार इजरायलले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । जरिफले ट्वीटरमा लेखेका छन् ‘आतंकवादीहरुले एक बरिष्ठ इरानी वैज्ञानिकको हत्या गरे । यो हत्याबाट इजरायलको भूमिका थाहा हुन्छ कि इजरायल युद्धको लागि उचालिइरहेको छ ।’ जावेदका अनुसार मारिएका वैज्ञानिकको नाम बेन्जामिन नेतन्याहूले यसअघि एक कार्यक्रममा लिइसकेका थिए । अहिलेसम्म यो हत्याको जिम्मेवारी कसैले लिएका छैनन् । स्मरणीय छ मोहसिन फखरिजादेहलाई ‘फादर अफ इरानियन बम’ भनिन्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *