विश्वको सबैभन्दा महंगो ब्याग बजारमा आयो, मूल्य सुन्दा सातो जान्छ

डिसी नेपाल
१३ मंसिर २०७७ १२:४७

काठमाडौं। इटलीको एक विलासी ब्राण्डले विश्वकै सबैभन्दा महंगो ब्याग बजारमा ल्याएको छ । यो ब्याग कम्पनीले हालै सर्वसाधारणले किन्न सक्नेगरी लञ्च गरेको हो । यो ब्यागको मूल्य सुन्दा मानिसको सातो जान्छ किनकि यो मूल्यमा हामीले निकै भव्य महलजस्तो घर किन्न सक्छौं । यो ब्यागको मूल्य ६ मिलियन युरो अर्थात ८५ करोड नेपाली रुपैयाँ पर्छ । डेलीमेलको रिपोर्टअनुसार यो ब्याग समुद्र संरक्षण जागरुकता अभियान अन्तर्गत बनाइएको हो ।

 

View this post on Instagram

 

A post shared by BOARINI MILANESI (@boarinimilanesi)

विलासी इटलियन ब्राण्ड बोरिनी मिल्सेनीले यो ब्याग बजारमा ल्याएको हो । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेटका हिरा र १० सेतो सुनका पुतलीहरु जडित छन् । समुद्र प्रदूषण घटाउन जागरुकता फैलाउने उद्देश्यले यो ब्याग तयार गरिएको हो । बोरिनी मिलसेनीले इन्स्टाग्राममा एक पोस्ट जारी गर्दै यो ब्यागको बिक्रीबाट आउने रकमबाट ८ लाख युरो समुद्रको सफाइको लागि दान गरिने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *