प्रेममा हुँदाहुँदै यौनकर्मीको काम पनि गरिरहेकी थिइन्, प्रेमीले थाहा पाएपछि…

डिसी नेपाल
१३ मंसिर २०७७ १३:२५

काठमाडौं। प्रेममा हुँदाहुँदै एक महिलाले व्यवसायिक यौनकर्मीको काम पनि गरिरहेकी थिइन् । उनको यो व्यवसायबारे उनका प्रेमीले थाहा पाएपछि उनको हत्या गरिदिएका छन् । इङल्याण्डका पूर्व केज फाइटर एन्ड्रयु वाड्सवर्थले आफूले नशाको हालतमा प्रेमिकाको हत्या गरेको अदालतमा स्वीकार गरेका छन् । एन्ड्रयुले आफ्नी प्रेमिकाले यौनकर्मीको काम गरिरहेको थाहा पाएपछि रिसले यो भयानक अपराध गरेको बताएका छन् ।

डेलीमेलका अनुसार ३७ वर्षका एन्ड्रयुकी प्रेमिका मेलिसा बेलशा एक ब्युटीसियन थिइन् र उनले एन्ड्रयुकै अगाडि आफूहरु प्रेममा हुँदा आफूले यौनकर्मीको रुपमा काम गरेको स्वीकार गरेकी थिइन् । मेलिसाले एन्ड्रयुलाई आफ्नो एन्ड्रयुका २ जना आफन्तसँग पनि यौनसम्बन्ध भएको बताएकी थिइन् । ३२ वर्षकी मेलिसाले एन्ड्रयुसँग आफूले एक व्यक्तिसँग दुई घण्टा बिताएको निकै धेरै पैसा पाउने गरेको र आफू ती व्यक्तिसँग एक हप्तासम्म बसेको बताएकी थिइन् ।

मेलिसाले आफू एन्ड्रयुसँग सम्बन्धमा हुँदा समेत आफ्ना कैयौं यौन पार्टनर भएको पनि स्वीकार गरेकी थिइन् । एन्ड्रयुले म्यान्चेस्टर क्राउन कोर्टमा बयान दिँदै आफूले यी कुरा सुन्दा निकै रिसाएको र यी कुरा सुनेर निकै चकित पनि परेको बताएका छन् । एन्ड्रयुका अनुसार त्यतिबेला उनी बेडरुममा मेलिसासँगै थिए र मदिरा तथा कोकिन सेवन गरेका थिए । नशाको अवस्थामा मेलिसाको कुरा सुनेर रिसले आफूले केलिसाको हत्या गरेको एन्ड्रयुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *