बडीबिल्डरले गुडियासँग बिहे गरे, १ वर्ष पहिले प्रपोज गरेका थिए

डिसी नेपाल
१३ मंसिर २०७७ १३:४२

काठमाडौं। कजाखस्तानका बडीबिल्डर युरी टोलेश्कोले आफ्नो गुडियासँग बिहे गरेका छन् । यो गुडियालाई उनले एक वर्ष पहिले प्रपोज गरेका थिए । उनले आफ्नो बिहेको भिडियो इन्स्टाग्राममा शेयर गरेका छन् । डेलीस्टारको रिपोर्टअनुसार युरी र उनको गुडियाले गएको मार्चमा बिहे गर्ने निर्णय गरेका थिए तर कोरोनाभाइरस महामारीका कारण उनीहरुको बिहे पछि सरेको हो ।

युरी टोलेश्कोको गुडियाको नाम मार्गो हो र यो एक सेक्स डल हो । युरीका अनुसार सुरुमा आफूले यो सेक्स डलसँग बिहे गर्ने बताउँदा उनको परिवारका सदस्य राजी थिएनन् । त्यसपछि युरीले मार्गोको प्लाष्टिक सर्जरी गराए । विशेषज्ञ र डाक्टरलाई समेत देखाएपछि अहिले मार्गो पूर्ण रुपमा ठिक भएको र अब कसैलाई कुनै आपत्ति नभएको उनले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *