मालिक होउन् त यस्ता ! आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुलाई करोडपति बनाइदिए

डिसी नेपाल
१३ मंसिर २०७७ १४:४०

काठमाडौं। बेलायतका एक व्यवसायीले आफ्नो कम्पनीको नाफा शेयरलाई आफ्नो कम्पनीका कर्मचारीहरुमा बाँडिदिएका छन् । अब उनको कम्पनीका अधिकांश कर्मचारीहरु करोडपति भएका छन् । यी व्यवसायीले आफ्नो कम्पनीको शेयर मूल्यमा उछाल आएको बेला आफ्ना कर्मचारीलाई यति ठूलो उपहार दिएका हुन् । द हट ग्रुप नामको यो कम्पनीका मालिक म्याथ्यु मोल्डिङ हुन् । म्याथ्युले आफ्नो कम्पनीको नाफाबाट २१ मिलियन पाउण्ड (३ अर्ब ३१ करोड रुपैयाँ) बराबरका शेयर आफ्नो कम्पनीका कर्मचारीलाई बाँडिदिए ।

म्याथ्युले एक बाइ ब्याक स्किम चलाएका थिए जो सबै कर्मचारीको लागि खुला स्किम थियो । यो स्किमको फाइदा ती कर्मचारीले पाए जसले यसबारे सोचेका पनि थिएनन् । कर्मचारीको छनोट उनका म्यानेजरले गरेका थिए । यो स्किमको फाइदा कम्पनीका ड्राइभरदेखि म्याथ्युकी सेक्रेटरीसम्मले पाएका छन् । ३६ वर्षकी म्याथ्युकी सेक्रेटरीले आफूले यति धेरै पैसा पाएपछि अहिले नै अवकाश लिन सक्ने बताएकी छिन् ।

बेलायती अखबार मिररसँग कुरा गर्दै म्याथ्युले सबैसँग आफ्नो र कम्पनीको लाभ बाँड्न चाहेको बताएका छन् । द हट ग्रुप इकमर्स कम्पनी हो । म्याथ्युले २००४ मा जोन ग्याल्मोरसँग मिलेर यो कम्पनी सुरु गरेका थिए । म्याथ्यु आफू पनि निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । मिररका अनुसार उनी पहिले पबमा भाँडा माझ्ने काम गर्थे । अहिले उनको कम्पनी द हट ग्रुपले विश्वका १६४ देशमा काम गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *