दाँतमा देखिन थाल्यो कोरोनाभाइरसको नयाँ लक्षण

डिसी नेपाल
१३ मंसिर २०७७ १६:२५

काठमाडौं। कोरोनाभाइरसका कारण मानिसको दाँतमा पनि खराब असर देखिन थालेको छ । न्यूयोर्क टाइम्सको एक रिपोर्टअनुसार कोभिड–१९ को चपेटामा परेका मानिसहरुमा कमजोर गिजा र दाँत झर्ने समस्या देखिएको छ । न्यूयोर्ककी ४३ वर्षकी फराह खेमिलिका अनुसार एक दिन उनले एक विन्टरग्रिन ब्रेथ मिन्ट मुखमा हालेपनि दाँतको तल झन्झनाहट महसुस भयो । छोएर हेर्दा त्यो दाँत हल्लिरहेको थियो ।

सुरुवातमा उनलाई ब्रेथ मिन्टका कारण यस्तो भएको लागेको थियो तर भोलिपल्ट त्यो दाँत झरेर उनको हातमा आयो । दाँत झर्दा न दुख्यो न रगत आयो ।केही दिनअघि मात्र खेमिली कोरोनाभाइरस संक्रमित भएकी थिइन् । अहिलेसम्म कोरोनाभाइरस संक्रमणपछि दाँत भाँचिने वा झर्ने समस्या हुन्छ भन्ने बलियो प्रमाण भेटिएको छैन तर खेमिली सदस्य रहेको एक समूहमा कोरोनाभाइरस संक्रमणपछि दाँत झरेको वा गिजामा झन्झनाहटको समस्या भएका कैयौं मानिसहरु छन् ।

केही डेन्टिस्टहरुले पर्याप्त डाटा नहुँदा पनि कोभिड १९ दाँतसँग सम्बन्धित समस्याको कारण बन्न सक्ने मान्छन् । युनिभर्सिटी अफ उटाहका डा. डेभिड ओकानो भन्छन् ‘कुनै व्यक्तिको दाँत अचानक सकेटबाट बाहिर आउनु आश्चर्यजनक कुरा हो । दाँतसँग ससम्बन्धित यो समस्या अझै भयानक हुन सक्छ । यो रोगबाट रिकभर भएपछि पनि मानिसहरुमा लामो समयसम्म यसको असर रहन सक्छ ।’ केही विशेषज्ञले भने यस विषयमा थप अनुसन्धान जरुरी रहेको मान्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *