बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
१३ मंसिर २०७७ २३:०९

तुलसीपुर । दाङमा बस र मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २११० नंको बस र पश्चिमतर्फ जाँदै गरेको लु४१प २१३ नंको मोटरसाइकल ठोक्किँदा रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी २३ वर्षीय किरण पुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

साथै मोटरसाइकलको पछाडि सवार रहेका सल्यान शारदा नगरपालिका–२ निवासी २१ वर्षीय लक्ष्मण बोहरोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । उनको अवस्था सामान्य छ । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *