मास्क लगाउन नमान्नेलाई कोभिड सेन्टरमा सेवामा खटाउन अदालतको आदेश

डिसी नेपाल
१४ मंसिर २०७७ ९:५२

काठमाडौं। कोरोनाभाइरस संक्रमणका केसहरु बढिरहेका बेला विभिन्न सुरक्षाका मापदण्डहरु पनि तोकिएका छन् । तर, कैयौं व्यक्तिहरुले निर्धारित मापदण्डको पालना नगरी अटेरी गरेर हिँड्ने गरेका छन् । यसरी अटेरी गर्नेहरुका लागि भारतको गुजरात हाइकोर्टले निकै गजबको आदेश दिएको छ । अदालतले राज्य सरकारलाई मास्क लगाउन अटेरी गर्नेहरुसँग जरिवाना असुल्न र त्यति गर्दा पनि नमान्नेहरुलाई कोभिड सेन्टरमा ड्युटीमा खटाउन आदेश दिएको छ ।

अदालतले बिना मास्क घुम्नेहरुलाई सामुदायिक कोभिड सेन्टरमा नन मेडिकल विभागमा १०–१५ दिनको लागि काममा खटाउन आदेश दिएको हो । अदालतले यदि मानिसहरुलाई यसरी सेवामा पठाउने हो भने उनीहरु सतर्क भएर दिनभर मास्क लगाउने बताएको छ । अदालतले राज्य सरकारलाई कोरोनाको पछिल्लो स्थितिबारे पनि जवाफ दिन भनेको छ ।

मास्क नलगाउनेहरुविरुद्ध अदालतमा दायर एक रिटको सुनुवाइको क्रममा अदालतले यस्तो आदेश दिएको हो । रिटमा उजुरीकर्ताले मानिसहरुले मास्क लगाउृन अटेरी गरिरहेकोले अहमदाबाद, राजकोट, सूरत, वडोदरामा जरिवानाको राशी बढाएर २ हजार बनाउन र राज्यका अन्य क्षेत्रमा जरिवाना एक हजार राख्न माग गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *