धन किरणको ‘तिमी र म’ बोलको गीत सार्वजनिक [भिडियाे]

डिसी नेपाल
१४ मंसिर २०७७ १४:१४

काठमाडौँ । लामो समयदेखि लण्डन बस्दै आएका धन किरण गुरुङले लण्डनबाट नै नयाँ गीत सार्वजनिक गरेका छन् ।

धन किरण गुरुङकै शब्द, संगीत तथा स्वर रहेको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो। अल्का गुरुङले निर्माण गरेको भिडियोमा धुर्ब दत्त र रिया लिम्बु फिचर्ड छन्।

सुमन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रभु गुरुङले कोरियोग्राफी तथा निर्देशन गरेका छन्। सुशील गुरुङले सम्पादन गरेको भिडियोलाई नबिन निरौलाले कलर संयोजन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *