प्रकाश सपुत र आचल शर्माको अभिनयमा सम्झना पाण्डेको ‘जुहारी’ सार्वजनिक
काठमाडौं। गायिका सम्झना पाण्डेको गित ‘जुहारी’ सार्वजनिक भएको छ। पाण्डेले आफ्नै युट्युव च्यानलबाट विहीबार साँझ गित सार्वजनिक गरेकी हुन्।
चर्चित गायक तथा मोडल प्रकाश सपुत र नायिका आँचल शर्माद्वारा अभिनित उक्त गितमा सजल न्यौपानेको शब्द संगित रहेको छ। सजल रसम्झनाको स्वर रहेको उक्त गिको म्यूजिक भिडियो अनुप चापागाँईले निर्देशन गरेका हुन्।
भ्वाइस अफ नेपालमा समेत भाग लिएकी सम्झनाले अमेरिका स्थित ‘थ्रिडिबी स्टुडियो’बाट आफ्नो आवाजमा गित रेकर्डिङ गराएकी छन्। महेश्वरमान राज भण्डारीले मिक्सिङ गरेको गितको पुरुष आवाज रेकर्ड भने ‘स्टुडियो साउण्डमेल नेपालमा’ गरिएको हो।
गाउँघरमा विवाहमा खेलिने दोहोरीलाई समेटेर बनाइएको गितमा प्रकास सपुत, आँचल शर्मा, क्षितिज उप्रेती र रोजीना कार्कीले अभिनय गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment