दाङमा जीप दुर्घटना हुँदा एकको मृत्यु

डिसी नेपाल
२० मंसिर २०७७ २२:१३

देउखुरी । दाङमा आज जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ असारेमा लुम्बिनी प्रदेश ३–०१–०२२च ६३६९ नंको जीप अनियन्त्रित भएर सडकबाट खेतमा पल्टिँदा घोराही –१७ का ३५ वर्षीय विजय अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय उमाकान्त घिमिरे र घोराहीका ३६ वर्षीय समिर पन्त घाइते भएका छन् । घाइते दुवैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *