काठमाडौंमा बसेर भर्चुअल मिटिङले मात्र महिला हिंसा अन्त्य हुन सक्दैन : रेखा थापा – Dcnepal

काठमाडौंमा बसेर भर्चुअल मिटिङले मात्र महिला हिंसा अन्त्य हुन सक्दैन : रेखा थापा

नेपालमा ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ चलिरहेको छ। नारी उत्प्रेरणका र नारी संघर्षका धेरै फिल्महरु हामीले हेरेका छौं। नेपालमा पनि नारी उत्प्रेरणाका मालिका, रामप्यारी, हिम्मतवाली, सुन्तली हवल्दार लगाएतका धेरै चलचित्रहरु हामीले हेरेका छौं।

नारी प्रधान चलचित्र निर्माता तथा नायिका रेखा थापा नयाँ नाम होइन। नेपाली चलचित्र नायिका तथा चलचित्र निर्माता रेखा थापाले महिलाका हिंसा विरुद्धमा काम पनि गर्दै आएकी छन्। आफूलाई नारीवादी तथा नारिअधिकारकर्मी भन्दा धेरै नायिका भनेर चिनाउन रुचाउने उनै रेखा थापासँग डिसी नेपालका लागि तर्कबहादुर थापाले महिला हिंसाको सेरोफेरोमा रहेर गरेको कुराकानीको संपादित अंश :

हामी महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेका छौं। यो अभियान नेपालमा औपचारिक रुपमै मनाउन थालेको पनि धेरै भयो। यहाँ नेपाली चलचित्र क्षेत्रको पनि अब्बल व्यक्तित्व हुनुहुन्छ। नेपाली चलचित्र भित्र महिलामाथि हुने हिंसाहरुको अवस्था कस्तो छ?

मैले विषेशतः विगत १५ वर्षदेखि नेपाली छोरीहरुकै बारेमा ओकालत गर्दै हिँडेकी छु। चलचित्र निर्माण गर्दा पनि हिंसा विरुद्ध अथवा हिंसा सहन हुँदैन भन्ने प्रकारकै मोटिभेसनल चलचित्र बनाएकी छु। म आज चलचित्र क्षेत्रमात्र नभएर आम नेपाली दिदी बहिनी र उनीहरुमाथि हुने हिंसाका बारेमा बोल्न चाहन्छु र रुचाउँछु पनि।

वर्षै पिच्छे हामी १६ दिने अभियान पनि चलाइरहेका हुन्छौं, कार्यक्रम पनि गरिरहेका हुन्छौं र पनि हिंसा झन बढ्दो छ घट्दो देखिएन। यस्तै चलचित्र क्षेत्र पनि अछुतो छ भन्न मिल्दैन।

यो क्षेत्र पनि हिंसाबाट अछुतो नभएको र अझ आफूलाई भोलिका दिनमा काम नपाइएलाकी भन्ने डरले धेरै बाहिर नआएको हिंसा पनि यो क्षेत्रभित्र रहेको छ। हिंसा न्युनिकरणका लागि विभिन्न योजना परियोजना तथा कार्यक्रमहरु आउँछन्।

यहाँले पनि हिंसा घटेको छैन भन्ने स्वीकार गर्नु भयो। यसको कारण के होला?

मेरो विचारमा कार्यक्रम गरे पनि, योजना र परियोजना कै रुपमा यसलाई लिए पनि, हिंसाका बारेमा कसैले पनि खोज गरेको जस्तो लाग्दैन। हिंसा न्युनिकरणको पहिलो अभ्यास घरबाट हुनु पर्छ। हामीले सत्ताधारी, समाज र अरुकसैलाई औंला उठाउनु पहिला घरभित्रको वातावरण कस्तो छ?

हामीले छोरीको पालन पोषण र छोराको पालन पोषणमा कस्तो खालको व्यवहार, शब्दावली र उनीहरुको कार्य प्रति हाम्रो प्रतिक्रिया के हुन्छ भन्ने कुराले ठूलो अर्थ राख्दछ। ६ वर्षको बालिकादेखि ६० वर्षको वृद्धासम्म बलात्कृत हुने अवस्था छ। बलात्कृत भए भन्ने समाचारहरु बाहिर आउँछन्। महिलालाई ‘दाइजो’ नल्याएको निहुँमा उनीमाथि हिंसा भएको छ।

बोक्सीको नाममा हिंसा भएरहेको छ। विभिन्न प्रकारको हिंसा चाहीँ महिलाले मात्र खपेको देखिन्छ। अहिलेसम्म हामीले घटनालाई मात्र अगाडि ल्याएर आएका छौं यसको समाधान र उपाए के हो भन्ने कुरा प्रष्टसँग कसैले खोजिनीति गरेको पाइँदैन। मैले अघि पनि कुरा उठाएँ।

हाम्रो घरबाट छोरी हुर्काउदाका शब्दावली र उनीहरुको कार्यप्रतिको प्रतिकृयाले महत्वपूर्ण अर्थ राख्दछ। अलिकति यसलाई मैले उदाहारण दिएर बुझाउँछु। एउटा घरमा छोरा र छोरी छन्। छोराले गरेका हरेक कार्य बहादुरीका निशान हुन्छन्।

छोरा र छोरीको पालन पोषणका बेला अविभावकबाट प्रकट हुने शब्दले अर्थ राख्ने कुरा मैले गर्दै छु। जव कुने घरमा छोरीको जन्म हुन्छ। उ छोरी हुन्छ। छोरी भनेपछि सहनै पर्ने, बोल्नै नहुँने, कतै जादा आउदा पनि धेरै समय लिन नहुँने, खेलकुदमा भाग लिन नपाउने, आफ्नो शारीरिक व्यायम तथा कसरतहरुमा भाग लिन नपाउने। एक किसिमको मेनु बनाएको छ समाजले छोरीका निमित्त।

छोरा बलात्कारी भयो भने पनि छोराले गर्छ भन्ने हुन्छ। एक प्रकारको अहंकारले बास गरेको हुन्छ। छोरा रुनु हुदैँन। छोरा हार्नु हुँदैन भन्ने छ। यही कुरा एउटी छोरीले पाउँदैन। त्यसको ठिक उल्टो व्यबहार छोरीले भोग्नु पर्ने हुन्छ।

त्यसैले पनि छोरी हुर्काइको स्कुलिङले पनि यो हिंसा न्युनिकरणमा प्रभाव पारको छ। हामीले घरभित्रबाट कस्तो बिज रोप्दै छौं भन्ने कुराले पनि महत्वपूर्ण अर्थ राख्छ।

भनेपछि हामीले घरमा छोरा र छोरीलाई गर्ने व्यवहारका कारण पनि समाजमा हिंसा कायम रहेको भन्ने यहाँको बुझाइ हो?

छोरा र छोरीको पालन पोषणका बेला अविभावकबाट प्रकट हुने शब्दले अर्थ राख्ने कुरा मैले गर्दै छु। जव कुने घरमा छोरीको जन्म हुन्छ। उ छोरी हुन्छ। छोरी भनेपछि सहनै पर्ने, बोल्नै नहुँने, कतै जादा आउदा पनि धेरै समय लिन नहुँने, खेलकुदमा भाग लिन नपाउने, आफ्नो शारीरिक व्यायम तथा कसरतहरुमा भाग लिन नपाउने। एक किसिमको मेनु बनाएको छ समाजले छोरीका निमित्त।

तर, त्यही घरको छोराले राति १२ बजे घरमा फर्किदाँ पनि छोरा हो रात परेपछि पनि घरमा आइहाल्छ नि, वा उसले गरेका हरेककामा बहादुरीको विल्ला भिर्दैै जानु पर्ने। छोरा हो छोराले गर्छ भन्ने जस्ता शब्दावली प्रयोग गरेर छोराहरुलाई प्रोत्साहित गरिरहने र छोरीलाई जहिले डोमिनेट हुनु पर्ने अवस्था आउने।

यही व्यवहार हो समाजमा हिंसालाई प्रोत्साहित गर्ने भन्ने मेरो बुझाइ हो। छोरीलाई तिमी पनि मानव भएर जन्मेकी हौ। दाइ/भाइ जस्तै तिम्रो पनि यो धर्तीमा स्वतन्त्रता छ। तिमी जहिले तिमीभएर बाच्नु पर्छ भन्ने यो समाजले कहिले सिकाउँछ। अझ समाजसँग त म र हामी औलामा गन्ने नारी लडौंला समाजलाई हामी सम्झाउँला तर घरभित्रको शिक्षा परिवर्तन त हामीले गर्न सक्दैनौं त्यसका लागि त स्वंयम् व्यक्ति नै सचेत र शिक्षित हुनुको विकल्प नै छैन।

शिक्षितहरुले पनि व्यवहारमा यी कुराहरुलाई लागू नगरेसम्म त झन हिंसामा कमी आउने सपना पनि न देखे हुन्छ भन्छु म त। हामीले सतही रुपमा आन्दोलन गरेर, अभियान चलाएर वा कुनै पनि ठूला ठूला बजेटहरु विनियोजनमात्र गरेर हिंसा अन्त्य हुँदैन।

यो १६ दिने अभियानलाई केन्द्रमा राखेर हेर्दा यो र यस्तै खालका अभियान, आन्दोलन र कार्यक्रमले हिंसामा कुनै पनि फरक नपार्नु पछिको कारण चेतना कै कमी हो त ? वा अरु पनि केही कारण छन् ?

धेरै कुरा छन्। समाज, प्रशासन, जनप्रतिनिधि, तपाईँहरु जस्तै मिडिया, अभियानकर्मी, तथा घरपरिवार। म एउटा उदाहरण दिन्छु। महिला हिंसा विरुद्धको अभियान चलिरहेको बेला २ दिन पहिलामात्र मलाई एउटा फोन आएको थियो। एकजना बहिनी कसैको प्रेममा परिन्। उनको गर्भ पेटमा छ। घरपरिवारले स्वीकार गर्दैन।

पुलिस, प्रशासन, अभियानकर्मी, अधिकारवादी, स्थानीय प्रशासन सबैमा गएँ कतै न्याए पाइनन्। उनले मलाई फोन गरेर भनेकी छन्, ‘दिदी मलाई न्याय दिलाइ दिनु पर्यो।’ यो घटनालाई मात्र यहाँले विश्लेषण गर्नु भयो भने सबैको बराबर दायीत्व रहेको कुरा प्रष्ट हुन्छ। ती बहिनी आफैमा पनि चेतनाको कमी भएको हो भन्दा फरक नपर्ला।

अर्को कुरा मैले बेलाबेलामा घरबाट नै हिंसाको बिजारोपण भएको छ भन्ने किन भनेकी छु भने अर्को उदाहरण दिन्छु। हाम्रो समाजले छोराले कसैलाई बलात्कार गर्यो। उसको इज्जत, बाबु आमाको इज्जत, समाजको इज्जत केही जोडिँदैन।

अथवा, छोरा हो छोराले गर्छ भन्ने हुन्छ। तर, छोरी बलात्कृत भइन भने मैले माथि बोलेका सबैको इज्जत जान्छ। उनका जीउने आधार जान्छ। उनीलाई जवरजस्तीकरणी भएको हुनसक्छ तर, त्यो दोष छोरीकै हुन्छ। उनीलाई अन्य कुनै परिवन्धनमा पारेर बलात्कार गरिएको हुन्छ।

तर पनि गल्ती छोरी मान्छेकै हुन्छ। किन की उनी छोरी हुन्। छोरा र छोरीलाई हेर्ने हाम्रो दृष्टिकोणमा अझै परिवर्तन आएको छैन। वा अर्को भाषामा भनौं हामीमा चेतना पुगेकै छैन। समाज परिवर्तनमा पनि चलचित्रको महत्वपूर्ण भूमिका रहदैँ आएको छ।

विषेशगरी यहाँको चलचित्रहरुमा नारी सचेतना, जागरण र स्वाभिमानका कथाहरु पाइन्छन्। तर पनि याहाँले नै चेतनाको अभाव अझै कायम छ भन्नु भयो ? चलचित्रमा नारी स्वाभिमानका कथा अझै कमी भएका हुन त?

हुन सक्छ। मैले आफ्नो तर्फबाट शतप्रतिशत ‘इफोर्ट’ लगाएकी छु। मैले गर्ने कुनै पनि काममा छोरी स्वाभिमानको, सचेतनाको र जागरणको कमि छ जस्तो लाग्दैन। तर, समाजमा मेरो मात्र चलचित्र हेर्ने मान्छेहरु छन् भन्दैन मैले। सबैले आ–आफ्नो सोचको चलचित्र निर्माण गर्छन र उनीहरुका आ–आफ्नै दर्शकहरु पनि छन्।

तपाईँले भनेजस्तै चलचित्रले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका त अवश्य खेल्छ नै तर, चलचित्र कति दर्शकसम्म पुगेको छ भन्ने कुराले पनि अर्थ राख्छ नि। अर्को कुरा जवसम्म पुरुष पात्रसँग कुनै पनि महिला निर्भर हुन्छन् तवसम्म हिंसा कायम रहन्छ जस्तो लाग्छ। बुबा, दाइ, भाइ, श्रीमान वा प्रेमी महिला पुरुष पात्रसँग निर्भर रहेको दिनसम्म हिंसामा कमि आउने छैन।

हिंसा हुने अर्को कुरा डर पनि हो। हामी छोरीलाई घर, परिवार र कुलखान्दानको इज्जत धान्ने ढालको रुपमा प्रयोग हुन सिकाइन्छ। म त हरके युवतीलाई भन्छु। आ–आफ्नो अनुशासनलाई आत्साथ गरेर अन्यायको विरुद्धमा लड, उठ, आवाज उठाउ, आफैं नजागेसम्म कसैले पनि तिमीहरुलाई अधिकार कोशेली दिने छैन।

महिला आर्थिक रुपले स्वतन्त्र हुनु पर्यो, महिलाहरु आत्मनिर्भर हुनु पर्यो र महिलालाई चेतना पुगेको छैन भन्ने कुरा यहाँले पनि उठाउनु भयो। महिला अधिकारकर्मी, अधिकारवादी सबैले उठाउनु हुन्छ। महिलालाई स्वतन्त्र, आत्मनिर्भर र सचेत गराउने कसको जिम्मेवारी हो?

यो जिम्मेवारी भनेको जनप्रतिनिधि महिलाहरुको हो। जसलाई महिलाले हाम्रो प्रतिनिधि भनेर राज्य संचालनको जिम्मा दिएर पठाएका छौं। जसलाई नीति नियम बनाउने जिम्मेवारी दिइएर पठाइएको छ। उहाँहरुले नै हो यो जिम्मेवारी लिने। उहाँहरुको काम संसद भवन भित्र ताली पट्काउने काम मात्र हो। आफूले जितेको क्षेत्रलाई त राम्रो बनाउ। त्यो क्षेत्रका महिलाहरुको अवस्था के छ।

शिक्षा पुगेको छ की छैन। चेतना पुगेको छ कि छैन। रोजगारीको अवस्था के छ यस्ता विषयको खोजीनीति गर्ने काम त जनप्रतिनिधिको हो नि। यो रेखा थापाको काम होइन नि। हो कुनै दिन महिला दिदीबहिनीहरुले रेखा थापा हाम्रो प्रतिनिधि हो, यसले महिलाको हक, हित र अधिकारका निम्ति बोल्छ भन्ने ठानेर संसदमा पठाए भने त्यतिबेला माथिका सबै कुरालाई सम्बोधन गरिन्छ। अहिले चाहेर पनि त रेखा थापाबाट त्यो सम्भव हुँदैन।

मैले गर्ने सहयोग नगरेको कहाँ छ र? तर, जनप्रतिनिधिहरुले जसरी भोट माग्नेबेलामा घर दैलो चाहारेका थिए। त्यसैगरी फेरि पनि जानु पर्यो नि। काठमाडौंमा बसेर महिला हिंसा विरुद्धको १६ दिने अभियान भनेर, भर्चुअल मिटिङ गरेर, स्थानीय निकायको पैसा बैठक गरेको, भेला गरेको, सचेतना फैलाएको जस्तो शिर्षकमा खर्च देखाएर महिला हिंसा अन्त्य हुन्छ? जनप्रतिनिधिहरुमा किन यस्तो खालको सोचको विकास हुँदैन?

अहिले त धेरै स्थानीय तहको न्यायिक समितिको संयोजक पनि महिला हुनुहुन्छ यो बेलामा अन्त्य गर्न नसकेको महिला हिंसा अन्त्य कहिले हुन्छ? त्यसैले फेरि पनि सबै मतदाताहरुलाई के अनुरोध गरौं भने आफूले दान गरेको मतको कदर भएको छ वा छैन भन्ने बारे हरेक दिन सचेत रहन सक्नु पर्छ।

सचेत रहनुहोस्। हामी सचेत नभएसम्म अरु कसैले हाम्रो लागि सोचिँदिदैनन्। जनप्रतिनिधिहरुको दायित्व भनेको जनताको सेवा गर्ने मात्रै हो। जनताको सेवा गर्ने मात्रै हो। जनताको सेवा गर्ने मात्रै हो।

काठमाडौमा बसेर, गाडीमा चिल्ला सडकमा हुँकिएर, भर्चुअल मिटिङ गरेर मैले फेरि पनि दोहोर्याएँ महिला हिंसा अन्त्य त के न्युनिकरण पनि हुन गाह्रो छ। समाजमा हुने हिंसाका घटनाहरु मिलापत्र गरेर छोडेकाले हिंसाको रुप भयानक हुँदै गएका धेरै उदाहरण छन्।

बझाङकी सम्झना कामीको बलात्कार पछि हत्या भयो। अभियुक्तबाट पहिला पनि त्यस्तै प्रकृतिका घटनाहरु भएका थिए। गाउँमै मिलाइएको रहेछ भन्ने समाचार आयो। कञ्चनपुरकी निर्मला पन्तको घटना पनि अहिलेसम्म गुपचुप छ। कँही राजनीति, कहीँ सामाजिक, व्यक्ति वा समग्र भनौं शक्तिका कारण हिंसाका घटनामा संलग्न पीडकलाई सुरक्षा प्रदान गरेकोले पनि यस्ता घटना भएका हुन की भन्ने पनि बुझाइ छ।

यहाँको बिचारमा के साच्चिकै नेपालमा हिंसाका घटनालाई राजनीतिक संरक्षण मिलेकै हो?

आजको व्यवस्थामा यो लज्जास्पद कुरा भयो। हामीले यो व्यवस्था ल्याउन महिलाले दिएको योगदान भुल्नु हुँदैन। यो व्यवस्थामात्र हैन नालापानी युद्धमा समेत महिलाको उल्लेख्य भूमिका रहेको छ। यो विषयको ज्ञात हरेक राजनीतिक चेतना भएको व्यक्तिलाई हुन आवश्यक छ।

महिलाहरुले पनि राज्यसत्ता संचालन गर्न सक्ने हैसियत राख्न सक्छन् भन्ने उद्देश्यका साथ यो व्यवस्था आएको हो। यही व्यवस्थामा यस्ता किसिमका घटनाहरु हुनले व्यवस्था बदनाम नहोस् भन्ने हो। अहिलेका जनप्रतिनिधिहरुले पनि पढ्न जरुरी छ। यो व्यवस्थाका बारेमा। तपाईँ लाज नमान्नुहोस्, व्यवस्था बुझ्नुहोस्, यदि बुझ्नु भएको छ भने यहाँलाई नै मैले प्रश्न गरेँ।

हामी आफैले बलिदानी दिएर ल्याएको व्यवस्थामा हामी आफै सुरक्षित हुँदैनौ भने यो व्यवस्था कसका लागि हो? जनप्रतिनिधिले कुनै पनि घटनाको न्याय र अन्याय छुट्याएर कानुनसमक्ष ल्याउने की यो आफ्न्त, मेरो पार्टीको मान्छे, आफ्नै गाउँको त हो भनेर मिलाउने त। मैले महिला हिंसामा सबै पुरुषले गर्छन् भन्न खोजकी पनि होइन।

अपराधिक मानसिकता भएका जो कोही हुन उनीहरु त अपराधी नै हुन् नि। उनीहरुले गर्ने का मभनेको अपराध नै हो। हामीले के बुझ्नु आवश्यक छ भने अपराधिक मानसिकता भएको जो कोहीले जहाँ कहीँ र जतिबेला पनि अपराध गर्न सक्छ। त्यसैले व्यक्तिको अनुहार होइन उसको मानसिकता कस्तो छ भन्ने कुरा बुझेर कानुन समक्ष ल्याउनु पर्छ भन्ने मेरो धारणा हो।

पित्तृशत्तात्मक सोचका कारण लैङ्गिक हिंसामा बढोत्तरी भयो भनिन्छ। पृति सत्तात्मक सोच पुरुषमामात्र हुन्छ कि महिलामा पनि हुन्छ ?

महिलामा पनि हुन्छ। म मेरो बुबा र आमा दुवैबाट जन्मेको अंश हो नि। मसँग आमाको गुणमात्र आउने बाबुके गुण नआउने भन्ने त हुँदैन। मैले त्यही गुणको पहिचान गर, छोरो पनि गर भन्नेमत्र हो मेरो। छोरा तिमी पनि रोउँ। छोरी जस्तै रोउ। म पनि मान्छे कु्ट्दै हिड्छु।

तर, आत्मअनुशासन नबिर्स। मान्छे कुट्नु भन्दैमा जसलाई भेट्यो उसलाई त हैन, अन्याय गर्नेलाई। अब आयो पित्तृ शत्तात्मक सोच। हाम्रो समाजमा सबैभन्दा बढी सासुहरुमा त्यो सोच विकसित रुपमा पाइन्छ। मैले चलचित्र क्षेत्रमा प्रवेश गर्दा पनि सासुले बुहारीलाई हेपेका धेरै दृष्य राखिन्थ्यो। पछि मैले ह्या यस्तो हुँदैन भनेर ट्रेन परिवर्तन गर्न खोजे।

आज सामान्यतः मेरो फिल्ममा त्यो त देख्नु हुन्न नि। मेरो राम प्यारीको एउटा सिनमा हिंसामा परेको पुरुषको कथा देखाएकी छु। यो समाजमा पुरुषमा मात्र पित्तृसत्तात्मक सोच छ भने त्यो विचारा पुरुष कसरी हिंसामा पर्छ। पछिल्लो समय पृतिसत्तात्मक सोचको विरोध गर्ने नाममा पुरुषको नै विरोध गरेको पनि पाइन्छ।

अझै भनौं, आफ्नो घरभित्रबाट आफू, आफ्नो श्रीमानका कारण पीडित भयो भन्दैमा सारा पुरुषहरु नराम्रा छन भन्ने, सबैलाई एउटै ट्याग भिराउने। यी सबै चेतनाको कमीका कारण हुने घटनाहरु हुन्। मेरो श्रीमानले मलाई हिंसा गर्यो भन्दैमा सबै पुरुषहरुले महिलालाई हिंसा गर्छन भन्ने हुन्छ र? सबै पुरुषहरु गलत हुन्छन र? हामी पुरुषको विरोधी हुन हुँदैन, र पहिलाको विरोधी पुरुष पनि हुन हुँदैन। पित्तृसत्ताको विरोधी हुनु पर्छ। चाहे छोरामा होस, चाहे छोरीमा होस् पित्तृसत्तात्मक सोचबाट ग्रसित मानसिकतामा परिवर्तन नभएसम्म हिंसा कम हुँदैन।

हिंसा हुन नदिन स्वयम् महिलाले नै के कस्ता उपाएहरु अपनाउनु पर्ला?

छोरी मान्छे आफैले आफैलाई डिफेन्स गर्नु पर्छ। छोरीमा भएको डरका कारण पनि हिंसाले प्रोत्साहन पाएका छन्। राति नहिँडौ यार केटीले र्याक गर्छन् भनेको कतै सुन्नु भा छ। छोरीमा डर छ। जवसम्म छोरीले आफूमा भएको डर बाहिर निकाल्न सक्दैनन्। जवसम्म साहसिक हुन सक्दैनन्, तबसम्म हिंसा अन्त्य हुन्छ भन्न सकिन्न।

छोरीमान्छेमा म राम्री बन्नु पर्छ, म ज्ञानी बन्नु पर्छ, म सत्यसावित्रि बन्नु पर्छ भन्ने कुण्ठाले पछि परेकी हुन्। छोरी तिमी गतिलो देखिनु पर्दैन तिमी शाहसी देखिए पुग्छ। तिमी सृष्टिकर्ता हो, अरु तिम्रो जीवनमा तिमी सबै थोक बन तर, जब तिमीमाथि हिंसा हुन थाल्छ, तिमी शाहस देखाउ। हामीलाई शास्त्रले अस्त्र दिएको छ। देवीहरुको बदनाम गर्दा उनीहरुले कालीरुप धारण गरे।

हामीलाई दुर्गा, लक्ष्मी, सरस्वती र कालीका नामले परिभाषित गर्नु भनेको हामी भित्र सबैखाले शक्तिको बास छ भन्नु पनि हो। त्यो कुरा तिमी कहिले बुझ्ने। तिमीलाई गतिली भएर यो समाजले तक्मा दिन्छ। तिमी अन्याय र अत्याचार विरुद्धको अम्बा भएर बाँच। तिमी शाहासी भएर बाँच।

लैङ्गिक हिंसा अन्यका लागि सबैभन्दा महत्वपूर्ण कुरा के? र क–कसले के–के गर्नु पर्छ?

व्यक्ति आफै सचेत हुनु पर्यो। यो वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियाका लागि नेपालले सुरुगरेको नारालाई आत्मसाथ गर्नु पर्यो। ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति समाज र सबैको ऐक्यवद्धता’ यो कुरालाई हामीसबैले आत्मसाथ गर्यौं भने सायद यो नै ठूलो कुरो हो जस्तो लाग्छ।

यो लैङ्गिक हिंसा महिलामा मात्र हुन्छ भन्ने संकिण सोच हटाउनु पर्यो। दोस्रो कुरा प्रत्येक व्यक्तिले लैङ्गिक हिंसा विरुद्धको अभियानका बेलामा मात्र हैन की हरेक समय मैले हिंसा गर्नु हुन्न भन्ने कुराको स्मरण राख्नु पर्यो। हिंसा गर्नका लागि कसैलाई लालाहित गर्नु भएन। कसैलाई उत्प्रेरित गर्नु भएन। स्वयंमता अपनाउनु पर्यो। आजको दिनबाट महिला, पुरुषको आखाँबाट हेर्न भएन।

मान्छेलाई मान्छेको आखाँबाट हेर्नु पर्यो। हामी मानव हौं, एउटा मानवले अर्को मानवसँग मानवीय व्यवहार गर्नु पर्छ भन्ने भुल्नु भएन। अर्को कुरो राज्यको आउँछ। राज्यले गरिरहेको छ। जति गरेको छ यो पुगेन। सरकारले एउटा काम के गर्न सक्नु पर्ने भने मेरो विचारमा, समाजमा प्रभाव पार्नसक्ने मान्छेहरुलाई छान्ने। जसको कुरा अरुले सुन्छन्।

ती राजनीतिक, सामाजिक, सास्कृतिक सबै तर्फका मान्छेहरु किन नहुने। त्यसपछि उनीहरुलाई सातवटै प्रदेशको जिम्मा लगाउने। हाम्रो बजेट यति छ। तपाईँको काम यो हो। तपाईँले गरेको कामको परिणाम चाहिन्छ। यसरी पठाओस त? यहाँ त नातावाद, कृपावाद, पार्टीको मान्छे, पार्टीमा पनि मेरो नजिकको मान्छे। यस्ता कुराले लेखेरै राख्नुहोस्, अझै लैङ्गिक हिंसा अन्त्यका लागि शताब्दी लाग्न सक्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो