विश्वमा कोरोना : रुसमा संक्रमित बढे, फ्रान्समा घटे

डिसी नेपाल
२२ मंसिर २०७७ ८:३७
64
Shares

काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ६ करोड ६८ लाख नाघेको छ। ती मध्ये चार करोड ६२ लाख भन्दा धेरै निको भएका छन्। विश्वभर हालसम्म १५ लाख ३३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।

रुसमा आइतबार २९ हजार ३९ जना कोरोना संक्रमित थपिएका छन्। योसँग रुसमा संक्रमितको संख्या २४ लाख ६० हजार ७७० पुगेको छ। रुसमा अहिलेसम्म ४३ हजार भन्दा धेरैको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा रुपमा ४५७ जनाको मृत्यु भएको छ।

उता अमेरिकाको धेरै जसो राज्यमा संक्रमितको संख्या बढिरहेको छ। क्यालिफोर्नियाले दुई क्षेत्रमा घरभित्रै बस्न आदेश जारी गरेको छ। यो राज्यका पाँच क्षेत्र यस्ता छन् जहाँ अस्पतालले प्रशासनलाई आइसियूका लागि ठाउँ नभएको जानकारी गराएका छन्।

उता फ्रान्समा सरकार केही हदसम्म कोरोना नियन्त्रण गर्न सफल भएको छ। फ्रान्समा लडकाउन घोषणा गरिएको पाँच हप्ता पूरा भइसकेको छ। यसअघि हप्तामा ५० हजार संक्रमित भेटिएका थिए। अहिले यो संख्या घटेर ११ देखि १३ हजारको बीचमा आएको छ।

उता बेलायतमा कोरोना विरुद्धको भ्याक्सिनको तयारी तीव्र पारिएको छ। आगामी हप्ता देशमा ठूलो संख्यामा भ्याक्सिन प्रोसेस सुरु हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *