बैतडीमा ट्रक दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु
सांकेतिक तस्बिर
बैतडी । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा गए राति ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। मृतक अन्य दुईको पहिचान हुन सकेको छैन। उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको हो।
गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलङ्गातर्फ गइरहेको ना ३ ख ३४८५ नम्बरको ट्रक गए राति सवा १० बजे दुर्घटनामा परेको हो। ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ। ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment