भारतमा रहस्यमयी रोगको प्रकोप, ४ सयभन्दा धेरै अस्पतालमा भर्ना
नयाँ दिल्ली (एजेन्सी)। दक्षिणी छिमेकी मुलुक भारतमा एक रहस्यमयी रोगको प्रकोप देखिएको छ। भारतको आन्ध्रप्रदेशमा रहस्यमयी रोग देखिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन्।
बीबीसी हिन्दीका अनुसार भारतमा सबैभन्दा धेरै कोरोना प्रभावित राज्य आन्ध्रमा यो नयाँ रहस्यमयी रोग देखिएको हो।
आन्ध्र प्रदेशको इलुरु जिल्लामा यो रोग देखिएको जनाइएको छ। बीबीसी हिन्दीका अनुसार हालसम्म यो रोगबाट कम्तिमा एकजनाको मृत्यु भएको छ भने ४ सयभन्दा धेरै अस्पतालमा भर्ना भएका छन्। स्वास्थ्य अधिकारीहरुले यो रोग नयाँ र रहस्यमयी भएको बताएका छन्।
स्वास्थ्य अधिकारीहरु यो रोगबारे अनुसन्धानमा लागेको जनाइएको छ। यो रोग लागेका मानिसहरु काँप्ने र बेहोस हुने गरेका छन्। आन्ध्रप्रदेशमा पछिल्लो हप्ता यो रोगबाट सबैभन्दा धेरै मानिसहरु अस्पताल भर्ना भएको जनाइएको छ।
कोरोना भाइरसले अति प्रभावित आन्ध्रमा यो नयाँ रोग देखिएपछि स्वास्थ्य अधिकारीहरु चिन्तित बनेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment