ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने : जोनसन

डिसी नेपाल
२२ मंसिर २०७७ २१:४९

लण्डन(एजेन्सी) । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रबक्ताले बेलायतले ब्रेक्सिट संक्रमणको अबधिलाई थप गर्ने सम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन्।

ब्रसेल्समा ब्रेक्जिटसम्बन्धी वार्ताको चर्चा चलिरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले सोमबार बेलायत ब्रेक्जिट संक्रमणको अवधिलाई थप गर्नेसम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गर्ने कुरा बताएका हुन् ।

“अवश्य पनि समय एकदम कम छ । हामी अन्तिम चरणमा छौंं ।” प्रधानमन्त्रीका प्रवक्ताले पत्रकारलाई भने ।

“हामीसँग समय भएसम्म र अझै पनि सम्झौता सम्भव छ भने हामी वार्ता गर्न तयार र्छौं ।” यद्यपी उनले संक्रमणको अवधि भने नलम्बिने कुरामा जोड दिए।

उनले अगाडि थपे, “हामीले धेरै अवसरहरुमा प्रष्ट पारिसकेका छौं, हामीले संक्रमणको अवधिलाई थप गर्ने छैनौं ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *