दिव्याको मृत्युको नयाँ खुलासा

डिसी नेपाल
२३ मंसिर २०७७ ८:००
7.0k
Shares

मुम्बई। अभिनेत्री दिव्या भटनागरको निधनले उनका सहकर्मीहरु गम्भीर शोकमा परेका छन्। विशेषगरी देवोलीना भट्टाचार्जी। दोवालीना दिव्यालाई आफ्नै कारमा अस्पताल लिएर गएकी थिइन्।

दिव्याको निधनपछि उनी यति दुखित भइन् कि सामाजिक संजालमा पोस्ट गर्न भिडियो बनाउँदासमेत उनको आँशु रोकिएनन्। देवोलीनाका अनुसार दिव्याको मृत्यु केवल कोरोना संक्रमणबाट भएको होइन, उनको मृत्यु श्रीमान गगन गबरु कारण दिव्या मानसिक र शारीरिक यातनाबाट समेत गुज्रिनु परेको थियो।

सात मिनेटको भिडियोमा देवोलीनाले भनेकी छन्, ‘म आज सबैभन्दा नजिकको साथी दिव्या भटनागरका लागि यो भिडियो बनाइरहेकी छु, जसले मलाइ छोडेर गइन्। यी १० वर्षमा मैले उनले कसैको पनि चित्त दुखाएको मैले देखेको छैन। तर मानिसले उनको चित्त दुखाए अनि प्रयोग पनि गरे। दिव्या सोझी थिइन् र म भन्दा हजार गुणा धेरै भावुक पनि।

 

View this post on Instagram

 

A post shared by Devoleena Bhattacharjee (@devoleena)

भिडियोमा देवोलीनाले मृत्यु हुनु भन्दा पहिला श्रीमान गगन गबरी विरुद्ध ओशिवारा प्रहरी चौकीमा उजुरी दिएकी थिइन्। सरवा चौथको दिन गगनले दिव्यालाई हातपात गरेको बताएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *