केट मिडलटनको सन्देशले सामाजिक संजाल तरंगित

डिसी नेपाल
२३ मंसिर २०७७ ११:४१

काठमाडौं। डचेज अफ क्याम्ब्रिज केट मिडलटनले लेखेको एक धन्यवाद सन्देशले सामाजिक संजाल तरंगित भएको छ । केटले एक शाही भ्रमणका क्रममा एउटा सेतो पाटीमा यातायातकर्मीहरुलाई धन्यवाद दिँदै एउटा सन्देश लेखेकी थिइन् । यसमा केटले एक शब्दको हिज्जे बिगारेको सामाजिक संजाल प्रयोगकर्ताहरुले पत्तो पाएपछि अहिले यो विषय चर्चामा छ ।

डेलीमेलका अनुसार ड्युक अफ क्याम्ब्रिज राजकुमार विलियम र डचेज अफ क्याम्ब्रिज राजकुमारी केट गएराती युस्टन स्टेशनबाट ४८ घण्टे देश भ्रमणमा निस्किएका थिए । यसै क्रममा केट मिटलटनले टिएफएल ह्वाइटबोर्डमा एक भावनात्मक सन्देश लेख्दै गरेको फोटो सार्वजनिक भएको थियो । सन्देशमा उनले महामारीको कठिन समयमा पनि देशलाई चलायमान राख्न सघाएकोमा यातायातकर्मीहरुलाई धन्यवाद दिँदै उनीहरुलाई क्रिसमसको शुभकामना पनि दिएकी थिइन् ।

जब केटले सन्देश लेख्दै गर्दाका तस्वीर ट्वीटरमा शेयर गरिए, सामाजिक संजालका प्रयोगकर्ताहरुले उनले हिज्जेमा गरेको गल्ती देखिहाले । खासमा केटले सन्देश लेख्ने क्रममा ‘कन्ट्री’ शब्द लेख्दा बीचमा ‘एन’ अक्षर नै छुटाएकी थिइन् । यद्यपि यो गल्ती उनले छिटो लेख्दा भएको हुन सक्ने मानिएको छ । कारण जे भए पनि यो विषय अहिले सामाजिक संजालमा चर्चामा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *