विप्लव समूहद्वारा माेरङमा गाेली हानी शिक्षककाे हत्या

डिसी नेपाल
२३ मंसिर २०७७ १२:३२

काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले मोरङमा एक शिक्षकको गोली हानी हत्या गरेको छ। मोरङ प्रहरीका अनुसार मिक्लाजुङमा मंगलबार विहान एक अपहरण गरी जंगलमा लगेर गोली हानी हत्या गरिएको हो।

जिल्ला प्रहरी मोरङका एसपी सन्तोष खड्का अनुसार मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट अपहरण गरी नजिकैको जंगलमा हत्या गरिएको र हत्याका विप्लव समूहको संलग्नता रहेको छ।

‘उनलाई के कारणले हत्या गरियो भन्ने बारेमा अनुसन्धान हुँदैछ हाम्रो टोली घट्नास्थल पुगिसकेको छ हत्यमा विप्लव समूह संलग्ता रहेको पनि खुलेको छ’, एसपी खड्काले टेलिफोनमा भने।

५४ वर्षीय शिक्षक अपहरणमा परेको र हत्या भएको विषयमा उनकै भतिजाले प्रहरीलाई जानकारी गराएका थिए। पूर्वी पहाडमा विप्लव समूहको गतिविधि बढिरहेका बेला मोरङका शिक्षकको हत्या भएको थियो।

गत वर्ष भोजपुरमा प्रहरी र सो समूहबीच भिडन्त हुँदा एक जना विप्लव कार्यकार्ताको हत्या भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *