ट्रम्प घुम्न भनेर बाहिर निस्किनेछन् अनि कहिल्यै ह्वाइट हाउसमा फर्किने छैनन्

डिसी नेपाल
२३ मंसिर २०७७ १६:२१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारिसकेका छन् । तर, उनले अहिलेसम्म आफूले चुनाब हारेको स्वीकार गरेका छैनन् । ट्रम्पले विभिन्न अदालतमा मुद्दा हालेर समेत नतिजा उल्ट्याउने प्रयास गरे तर असफल भए । यस्तोमा प्रश्न उठिरहेको छ कि आखिर ट्रम्पले ह्वाइट हाउस कसरी छाड्छन् ? यस विषयमा अमेरिकामा विभिन्न किसिमका चर्चाहरु चलिरहेका छन् ।

सीएनएनको एक रिपोर्टअनुसार ट्रम्प विदा मनाउन भनेर ह्वाइट हाउसबाट निस्किने र फेरि ह्वाइट हाउसमा नफर्किने उनका सहयोगीहरुले अनुमान गरेका छन् । अहिलेको लागि ट्रम्पको योजना क्रिसमस र नयाँ वर्ष मनाउनको लागि फ्लोरिडाको पाम बीच जाने छ । पाम बीचमा ट्रम्पको घर मार ए लागो छ । ह्वाइट हाउसका केही अधिकारीहरुका अनुसार अहिले फ्लोरिडा गएपछि ट्रम्प आफ्नो कार्यकाल सकिँदासम्म त्यहीँ रहने र वाशिङटन नफर्किने अनुमान गरिएको छ ।

अहिलेसम्म ट्रम्पका सहयोगीहरुलाई जे निर्देशन दिइएको छ त्यो पाम बीचमा गएर बस्नेसम्मको मात्र छ । त्यसपछि के गर्ने भन्नेबारे कुनै निर्देशन दिइएको छैन । यसबाट सम्भवतः ट्रम्प पाम बीचमै रहने र ह्वाइट हाउस नफर्किने संकेत देखिएको बताइएको छ । ट्रम्पले अहिलेसम्म पनि पटक पटक निर्वाचनमा धाँधली भएको आरोप लगाइरहेका छन् । अर्कोतर्फ उनले आफू २०२४ मा पुनः राष्ट्रपति पदका लागि चुनाब लड्ना सक्ने पनि बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *