एन्टीजेन टेस्ट पीसीआर जस्तै प्रभावकारीः स्वास्थ्य मन्त्रालय
काठमाडौँ । एन्टीजेन टेस्ट पनि पीसीआर जस्तै प्रभावकारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । विज्ञहरुले एन्टीजेनको रिपोर्टले कोरोना टेस्ट प्रभावकारी हुन नसक्ने बताईरहँदा स्वास्थ्य मन्त्रालयले यस्तो बताएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार एन्टीजेन टेस्ट काठमाडौँका केही पकेट एरीयाहरुमा प्रयोगका रुपमा गरिएको थियो । एन्टीजेन सँगसँगै पीसीआर पनि गरिएको थियो । जसमा एन्टीजेनले पीसीआरले जस्तै काम गरेको पाइएको हो ।
‘एन्टीजेनमा पोजेटिभ देखिएपछि उहाँहरु पोजेटिभ हुनुहुन्छ, नेगेटिभ देखिएको तर लक्षण देखिएकाको पीसीआर गर्नुपर्नेहुन्छ र नेगेटिभ देखिएको, लक्षण नदेखिएकाको पीसीआर गर्नुपर्दैन ।’ प्रवक्ता गौतमले भने, ‘प्रभावकारीताका लागि एन्टीजेन सँगसँगै हामीले पीसीआर पनि गरेका थियौँ त्यो प्रभावकारी देखियो, त्यसको रिपोर्ट छिट्टै प्रकाशित गर्नेछौँ ।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment