लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न कमल थापा अस्पतालमा
काठमाडौं। अस्वस्थ भ मेडिसिटी अस्पतालमा उपचारार्थ राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ्य अबस्था बुझ्नको निमित्त अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन्।
अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईओ पंकज बाँस्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्था बारे जानकारी गराएका थिए।
अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ्य अबस्थामा उल्लेख्य सुधार भएर छ। पुन: कोभिड परिक्षणको निमित्त स्वाब लिइसकिएको छ। अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन। अध्यक्ष थापा पार्टी कार्यक्रमको सिलसिलामा गृहजिल्ला मकवानपुर थिए।
आज काठमाडौं फर्किने क्रममा अध्यक्ष थापा मेडिसिटी अस्पताल पुगेकाे र पार्टी अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ अबस्था बुझ्न अस्पताल पुगेका राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment