घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पाण्डे भ्रष्टचारी ठहर
काठमाडौं। वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारी ठहर भएका छन्। घुससहित पक्राउ परेका उनलाई विशेष अदालतले शुक्रबार फैसला गर्दै भ्रष्टचारी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको सँयुक्त इजलासले विभागकै तत्कालिन शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायव सुब्बा खड्गबहादुर केसीलाई पनि दोषी ठहर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुरुमा पौडेल र केसीलाई पक्राउ गरेको थियो। उनीहरुको बयानका आधारमा तत्कालिन महानिर्देश पाण्डे पनि पक्राउ परेका थिए। पाण्डेलाई पक्राउ २०७४ कात्तिक २८ गते पक्राउ गरेको थियो।
तत्कालिन महानिर्देशक पाण्डेले कालो सूचीमा परेको एक म्यानपावर कम्पनीसँग १० लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment