मलेसियाले आममाफी घोषणा गरेपछि दलालहरुबाट जोगाउन अपिल

डिसी नेपाल
२७ मंसिर २०७७ ११:१५

क्वालालाम्पुर। मलेसियाले अवैधानिक आप्रवासीहरुलाई आममाफी दिने र स्वदेश फर्काउने कार्यक्रम ल्याएपछि अवैधानिकरुपमा बसोवास गरिरहेका नेपाली श्रमिकहरुलाई दलालहरुबाट ठगिनबाट जोगाउने नेपाली दुतावासलाई आग्रह गरिएको छ।

अवैधानिक बसोवास गरेको अवस्थामा पक्राउ परे कैद सजाय भोग्नुपर्ने, मुद्धा मामला भोग्नुपर्ने हुन्छ। यसपल्ट मलेसिया सरकारले स्वदेश फर्कन चाहने आप्रवासीहरुलाई आममाफी दिने घोषणा गरेसंगै मलेसियामा रहेका दलालहरुको फन्दामा परेर पीडित मजदूरहरु थप पीडामा नपरुन् भन्ने सतर्कता जरुरी भएको भन्दै नेपाली मजदुर एकता समाजले एक पत्र लेखी दुतावासलाई सजग गराएको छ।

आम माफी कार्यक्रम (Brief Details regarding the Return Recalibration Programme)  दिएलगत्तै समाज मलेसियाले नेपाली श्रमिक लाई ठगीमा पर्न नदिन माग गरेको हो ।

यसरी अबैधानिक रहेका अधिकांश नेपाली कामदारहरु भाषागत समस्या तथा मलेसियाको अध्यागमन जाने आउने लगायत कुरामा समेत जानकार छैनन् यो कार्यक्रमलाई कसरी उपयोग गर्ने भन्ने न्युनतम जानकारीसमेत सोझा सिधा श्रमिक लाई नहुन सक्छ।

यस्तो अवस्थामा श्रमिक लुट्न सिपालु बिचौलियाहरुले कामदारलाई विभिन्न प्रलोभनमा पारी ठगी गर्न सक्ने धेरै संभावना रहेको हुँदा गत वर्षजस्तै यो वर्ष पनि दूतावास मार्फत स्वदेश फर्किने अथवा ओरिजिनल ट्राभल डकुमेन्टसमेत दूतावास आफैले राखेर अध्यागमन लैजाने र ल्याउने व्यवस्था गरिदिन समेत उक्त ध्यानाकर्षण पत्र मार्फत दूतावासलाई आग्रह गरेको छ।

यो कार्यक्रम अन्तरगत अवैधानिक रहेका बिदेशी कामदारले मलेसियास्थित आफूलाई पायक पर्ने अध्यागमन बिभागमा गएर दफा अनुसारको जरिवाना अधिकतम आरएम ५०० रिङ्गिट तिरी चेक आउट मेमो लिन सक्नेछन् । जसका लागि अनलाइन अपोईन्टमेन्ट लिनु पर्ने प्रवधान रहेको छ ।

मलेसिया सरकारले ल्याएको आम माफी कार्यक्रम प्रभावकारी रहे मलेसियामा अवैधानिक रूपमा काम गर्दै आएका हजारौं नेपाली श्रमिहरु प्रत्यक्ष लाभान्वित हुनेछन र स्वदेश फर्कने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *