कांग्रेस नेता सिटौलालाई काेराेना संक्रमण पुष्टि

डिसी नेपाल
२७ मंसिर २०७७ १२:०४
60
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना पुष्टि भएको छ। सिटौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रवार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्।

सिटौलाले आफू पोजेटिभ भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको र आफ्नो सम्पर्कमा आएका सवैलाई सचेत रहन अनुरोध पनि फेसबुकबाट नै गरेका छन्।

उनले आफ्नो नजिक भएकाहरुलाई आवश्यक्ता अनुसार चेकजाँच गराउँन आग्रह गर्दै भनेका छन् , ‘ हिजो २०७७ साल मंसिर २६ गते गरिएको Covid-19 को PCR परिक्षण वाट मलाई Positive देखिएकोले केही दिन यता मेरो नजिकको सम्पर्कमा रहनु भएका सवैले आवस्यकता अनुसार परिक्षण गर्नुहुन र साबधानि अपनाउनु हुन अनुरोध गर्दछु । मेरो स्वास्थ्य अवस्था भने सामान्य रहेको छ। जयनेपाल!!! ’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *