भारतीय सत्तारुढ दल भाजपाका अध्यक्ष नड्डा कोरोना संक्रमित

डिसी नेपाल
२८ मंसिर २०७७ १८:३३
16
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारतीय सत्तारुढ दल भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा कोरोना संक्रमित भएका छन्। उनले ट्वीटरमार्फत आफू संक्रमित भएको जानकारी दिएका छन्। उनले आफूमा सामान्य लक्षण देखिएकोसमेत बताएका छन्। उनले आफू होम आइसोलेशनमा बस्नेसमेत जानकारी दिएका छन्।

उनले पछिल्लो पटक आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गरेका छन्। नड्डाले हालै राजस्थान र पश्चिम बंगाल राज्यको भ्रमणसमेत गरेका थिए। पश्चिम बंगालमा उनको गाडीको लस्करमाथि आक्रमणसमेत भएको भाजापाले जनाएको थियो। यद्यपी पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल काँग्रेसकी नेतृ ममता बेनर्जीले भाजपाले आफै आक्रमण गरेर प्रचार गरेको बताएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *