गूगलको सर्भर समस्या हल

डिसी नेपाल
२९ मंसिर २०७७ १९:५४

काठमाडौं । गूगलका जीमेल, ड्राइभ, म्याप्स र युट्युब सेवाहरू सोमबार साँझ विश्वभर डाउन भएका थिए । करिब डेढ घण्टापछि जीमेल र युट्युब पुरानै अवस्थामा फर्किएको बीबीसीले जनाएको छ ।

नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सेवाहरू डाउन भएका थिए । त्यसले गर्दा ती सेवा प्रयोगकर्ताहरू समस्यामा परेका थिए ।

त्यसको डेढ घण्टा नबित्दै गुगलले प्रमुख दुई सुविधा जीमेल र युट्युबको समस्या हल गरेको छ । प्रयोगकर्ताले जीमेल खोल्दा इरर देखाएको थियो ।

युट्युबको वेबसाइटमा भने ‘सम थिङ वेन्ट रङ’ देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *