कोरोनाको खोप बनाउने कम्पनीले के अधिक फाइदा गर्लान् ?

लण्डन (बीबीसी)। कोरोना महामारीको शुरुआतमा कुनै पनि रोगको खोप निर्माण गर्न लामो समय लाग्ने भन्दै खोपको धेरै अपेक्षा नगर्न चेतावनी दिइएको थियो।

तर, महामारी शुरु भएको १० महिना पुग्दै गर्दा संसारमा कोरोनाविरुद्धको खोप दिन शुरु गरिएको छ। र केही कम्पनीहरु खोप निर्माणमा जुटिरहेका छन्। खोपको विकासका लागि जो कम्पनीहरु अगाडि देखिएका छन् ती मध्ये धेरै कम्पनीहरु घरेलु छन्।

लगानी विश्लेषकहरुले दुईवटा कम्पनी –अमेरिकी बायोटेक कम्पनी मडर्ना र जर्मनीको बायोएनटेक)को साझेदार कम्पनी र अमेरिकाको बायोटेक कम्पनी फाइजरले आगामी वर्ष अर्बौ डलरको कारोबार गर्ने अनुमान गरेका छन्।

तर वास्तावमा खोप बनाउने कम्पनीहरुले यसबाहेक कति रुपैयाँको कारोबार गर्छन् भन्ने स्पष्ट छैन।

जसरी खोप बनाउनका लागि फण्ड दिइएको छ र जसरी ठूलो संख्या कम्पनीहरु खोप निर्माणमा जुटेका छन्, त्यसले लाग्छ मुनाफा कमाउने अवसर लामो समयसम्म टिक्दैन।

कसले लगायो खोपमाथि पैसा ?

महामारीको क्रममा खोपको आवश्यकतालाई हेरेर सरकार र फण्ड दिनेहरुले खोपको योजना र परीक्षणका लागि अर्बौ डलर दिए। गेट्स फाउण्डेशन जस्त संगठनहरुले खुलेस सहयोग गरे। यसका साथै केही मानिसहरुले पनि सहयोग गरे। अलीबाबाका फाउण्डर ज्याक मा र म्यूजिक स्टार डोली पार्टनले पनि यी योजनाका लागि सहयोग गरे।

साइन्स डेटा इनालिटिक्स कम्पनी एयरफिनिटीका अनुसार कोरोनाको खोप बनाउ र परीक्षणका लागि सरकारहरुले ६.५ बिलियन पाउण्ड दिए। यस्तै गैर फाइदा मुलुक संस्थाहरुले १.५ बिलियन पाउण्ड दिए। कम्पनीहरुले आफ्नो तर्फबाट मात्र २.६ बिलियन पाउण्डमात्र लगानी गरेका छन्। यी मध्ये कैयौं कम्पनीहरु बाहिरी सहयोगमा भर पर्छन्। यही ठूलो कारण हो कि ठूला कम्पनीहरुले खोप परियोजनामा लगानी गर्न

उत्सुकता देखाएनन्।
विगतमा यसप्रकारको आपतस्थितिमा खोपको निर्माण गर्नु अधिक लाभदायक साबित भएन। खोप खोज्ने प्रक्रियामा समय लाग्छ। गरिब देशहरुलाई खोपको धेरै आवश्यकता पर्छ। तर अधिक मूल्यका कारण उनीहरु किन्न सक्दैनन्। धनी देशहरुमा दैनिक रुपमा दिइने औषधिबाट धेरै मुनाफा कमाइन्छ।

जीका र सार्स जस्ता रोगहरुका लागि खोप बनाउने कम्पनीहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको थियो। उता फ्लू जस्ता रोगका लागि खोप बनाउने कम्पनीहरुको बजार अर्बौको छ। यस्तो अवस्थामा यदि कोभिड १९ फ्लू जस्तै बन्यो भने यसका लागि वार्षिक रुपमा खोप लगाउनु पर्ने आवश्यकता भयो भने यो खोप बनाउने कम्पनीहरुलाई फाइदा हुनेछ। तर ती कम्पनीलाईमात्र फाइदा हुनेछ, जसको खोप निकै प्रभावकारी हुनेछ र लगानी जसले बढी गर्छ।

कति मूल्य तोकिएको छ ?

केही कम्पनीहरु वैश्विक संकटको यो समयमा फाइदा भएको देखाउन चाहँदैनन्, ती कम्पनीहरु जसले बारिहबाट फण्ड लिएका छन्।

अमेरिकी ठूलो औषधि उत्पादन कम्पनी जस्तै जोनशन एण्ड जोनशन र बेलायतको एस्ट्राजेनेको अक्सफोर्ड यूनिभसिर्टीस्थित बायोटेक कम्पनी मिलेर काम गरिरहेका छन्। उनीहरुले आफ्नो खोपको मूल्य त्यति नै राख्ने जति लागत हुने प्रतिवद्धता जनाएका छन्। हालसम्म एस्ट्राजेनेले बनाउने खोप सबैभन्दा सस्तो हुने अनुमान गरिएको छ। यसको मूल्य ४ डलर हुने बताइएको छ।

मडेर्ना एक सानो बायोटेक्नोलोजी कम्पनी हो। सरले वर्षौदेखि आरएनए खोपको प्रविधिमा काम गरिरहेको छ। उनीहरुको खोपको मूल्य प्रति डोज ३७ डलर छ। उनीहरुको उद्देश्य शेयर धनीलाई फाइदा दिनु पनि हो। तर यस्तो होइन कि मूल्य निर्धारण भइसकेको होस।

सामान्य रुपमा कम्पनीहरु फरक फरक मुलुकहरुमा फरक फरक मूल्य निर्धारण गर्छन्। त्यहाँका सरकारमाथि निर्भर हुन्छ। एस्ट्राजेनेकाले मात्र महामारीको समयसम्म मूल्य कम राख्ने जनाएको छ। हुन सक्छ आगामी वर्ष उसले पनि मूल्य बढाउने छ। तर यो महामारीले कस्तो रुप लिन्छ त्यसैमा भर पर्छ।

बार्कलेजस्थित यूरोपियन फार्मास्कयूटिकलकी प्रमुख एमिली फील्ड भन्छिन्, ‘अहिले धनी देशका सरकारहरु अधिक मूल्य दिनेछन्। उनीहरु खोपको डोजलाई लिएर निकै उताउला देखिएका छन्। उनीहरु जसरी पनि महामारीको अन्त्य गर्न चाहन्छन्। सम्भवतः आगामी वर्ष जब बजारमा अरु खोप आउनेछन् प्रतिस्पर्धाका कारण हुन सक्छ खोपको मूल्य घट्नेछ।’

के कम्पनीहरुले अधिक फाइदा कमाउलान ?

सरकारहरु र बहुपक्षीय संगठनहरुले पहिला नै निर्धारित मूल्यमा अबौं खुराक खोप किन्ने संकल्प गरेका छन्। त्यसैले आगामी केही महिनासम्म त कम्पनीहरु ती अर्डरलाई जतिसक्यो छिटो पूरा गर्न व्यस्त रहनेछन्।

जो मानिसहरुले खोप धनी देशहरुलाई बेचिरहेका छन्, उनीहरु आफ्नो लगानीमा रिर्टनको पनि अपेक्षा गर्न थालेका छन्। तर एस्ट्रजेनेकाले सबैभन्दा धेरै खुराक आपूर्ति गर्नुपर्नेछ। तर उसले अहिले लागतलाई पूरा गर्नेमात्र ध्यान दिनेछ।

पहिलो मागको आपूर्ति भइसकेपछि अहिले यो अनुमान गर्न अलि कठिन छ, खोपलाई लिएर पछि के होला ? किनकी यो कैयौं चिजमा निर्भर हुन्छ। जस्तै जसलाई कोरोनाको खोप दिइन्छ, उनीहरुमा प्रतिरक्षा कहिलेसम्म हुन्छ? कति खोप सफल हुन्छन्? खोपको निर्माण र वितरण कसरी सुचारु हुन्छ ? यी प्रश्नहरुको उत्तर बाँकी नै छ। बार्कलेजकी एमिली फील्का अनुसार फाइदा कमाउने अवसर निकै अस्थायी हुनेछ। (बीबीसीबाट अनुवाद)

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो